default_image

3 years ago

September 2, 2021

रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

166 views

0 Bookmark

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बुधबार विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्यान्डविरुद्ध खेलमा २ गोल गर्दै रोनाल्डोले यस कीर्तिमान आफ्नो नाम गरेका हुन् ।

यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान बराबरी गरेका थिए । बुधबारको खेलमा आयरल्यान्डविरुद्ध बराबरी गोल गर्दै १ सय १० औं गोल गरेका रोनाल्डोले इन्ज्युरी समयमा विजयी गोल गर्दै आफ्नो गोल संख्या १ सय ११ पुर्याए । रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन् ।

रोनाल्डोका लागि आयरल्यान्डविरुद्ध खेल अपेक्षा गरेजस्तो भने रहेन । खेलको १५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा अग्रता दिलाउने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । रोनाल्डोको प्रहार गोलरक्षक ग्याभिन बाजुनुले विफल पारेका थिए । पेनाल्टी क्षेत्रभित्र जेफ हेन्डरिकले ब्रुनो फर्नान्डेसलाई लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिएका थिए । पेनाल्टी लिनुअघि रोनाल्डोले आयरल्यान्डका डारा ओ’सेमाथि हात उठाएपनि रेफ्रीले कारवाही गरेका थिएनन् ।

२८ औं मिनेटमा पोर्चुगल खेलमा अग्रता लिनबाट पुन: चुक्यो । जोआओ क्यान्सेलोको क्रसमा डिओगो जोटाको हेडर पोस्टमा लाग्दै बाहिरियो । पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डले अग्रता लिन सफल रह्यो । जोन इगनले कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाएका थिए ।

८७ औं मिनेटमा पोर्चुगलले पेनाल्टी क्षेत्रको ठिक बाहिर फ्रिकिकको अवसर पाएको थियो । रोनाल्डोको फ्रिकिकलाई गोलरक्षक बाजुन्जुले उत्कृष्ट बचाउ गरेका थिए । लगत्तै पाएको कर्नरमा पोर्चुगलले खेल बराबरी गर्यो । गोन्कालो ग्वेडेसको क्रसमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

इन्ज्युरी समयको छैटौं मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि विजयी गोल गरे । जोआओ मारियोको क्रसलाई सदुपयोग गर्दै रोनाल्डोले गरेको हेडर गोलरक्षक बाजुनुले बचाउन सकेनन् । रोनाल्डोले गोलको खुसी मनाउने क्रममा जर्सी खोलेपछि पहेंलो कार्ड पनि पाएका थिए । एक समय हारतर्फ उन्मुख टोलीलाई रोनाल्डोले अन्त्यतिर उत्कृष्ट फिनिसिङको नमुना प्रस्तुत गर्दै जित दिलाएका थिए ।

युरोपेली च्याम्पियनसिप अन्तर्गत फ्रान्सविरुद्धको खेलमा दुई गोल गर्दै ३६ वर्षीय रोनाल्डोले अली दाईको १०९ अन्तर्राष्ट्रिय गोललाई बराबरी गरेका थिए । उनले युरोको समूह चरणमा हंगेरीविरुद्ध २ र जर्मनीविरुद्ध १ गोल गरेका थिए । अली दाईले १९९३ देखि २००६ को अवधिमा १४९ खेलमा १०९ गोल गर्दै यो कीर्तिमान राखेका थिए ।

खेलअघि रोनाल्डोलाई युरोपेली च्याम्पियनसिप २०२० को सर्वाधिक गोलकर्ताको ट्रफी पनि प्रदान गरिएको थियो । रोनाल्डोले युरोका दौरान पोर्चुगलका लागि ५ गोल गरेका थिए । प्याट्रिक सिकसँग समान गोल गरेपनि असिस्ट र कम समय खेलेको आधारमा उनले ट्रफी जितेका थिए ।

यो पनि : रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको रोमान्चक जित

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.