default_image

3 years ago

September 1, 2021

नेपाल र भारतको खेलका लागि टिकट दर तय

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर तोकेको छ । दुई मैत्रीपूर्ण खेलमध्य पहिलो खेल विहीबार साँझ ५ः३० बजे सुरु हुँदैछ । एन्फाले भिआइपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ ।

सरकारको स्विकृती लिएर एन्फाले दर्शकसहित खेलाउने भएको छ । तर त्यसका लागि भने दर्शकले केहि शर्त पूरा गरेको हुनुपर्ने बताइएको छ । खेल हेर्नका लागि कोरोनाविरुद्धको दुवै खोप लगाएका अथवा पिसिआर परिक्षणबाट नेगेटिभ आएकालाई मात्र प्रवेश दिने एन्फाले जनाएको छ ।

सरकारले तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरि तयारी भइरहेको बताइएको छ । एन्फाले पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्विकृतिका लागि सरकारलाई प्रस्ताव गरेको अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् । मन्त्रालय र प्रशासनबाट आवश्यक स्विकृती आइसकेक उनले जानकारी दिए । दर्शक प्रवेशका लागि रंगशालाका पाँच वटा गेट प्रयोग गरिने भएको छ ।

नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुँदैछ । सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।

September 21, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । चौथो खेलमा दोस्रो जित निकाल्नेक्रममा नासरले शुक्रवार अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गर्यो । नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, एन्डसन टलिस्का र सलिम अलनाज्दिले समान १ गोल गरे । नासरका लागि रोनाल्डोले ३३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । […]

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

Success

Thank you for your time.