default_image

4 years ago

September 1, 2021

‘हामी जितको लागि खेल्छौं’ – प्रशिक्षक अलमुताइरी

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीले जितका लागि खेल्ने र गर्व गर्नलायक प्रदर्शन गर्ने मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् ।

नेपाल र भारतबीच दुई मैत्रीपर्ण खेलको पहिलो खेल बुधबार साँझ ५:३० बजे दशरथ रंगशालामा हुँदैछ । खेलको अघिल्लो दिन बुधबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै अलमुताइरीले भने, ‘समर्थक लागि खुसी होइन गर्व गर्न लायक प्रदर्शन गर्नेछौं । यो दुई खेल सबैले यो खेल हेर्ने छन् । हामी इतिहास हरेर होइन भविष्यका लागि खेल्नेछौं ।’

अलमुताइरीले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभएपनि त्यसले असर नपर्ने बताए । ‘विगतको नतिजा हेर्दा हामीले भारतविरुद्ध २ जित मात्र हासिल गरेका रहेछौं । तर त्यसले यो दुई खेलमा असर गर्दैन । हामी भविष्यलाई ध्यानमा राखेर तयारी गरिरहेका छौं । यो दुवै खेलमा जित हासिल गर्ने नै लक्ष्य हुनेछ,’ उनले थपे ।

छ महिना अघि नेपाली टोली सम्हालेका अलमुताइरीको प्रशिक्षणमा नेपाली टोलीले पहिलो पटक दशरथ रंगशालमा खेल्दैछ । ‘नेपालमा त्यो पनि भारतविरुद्ध पहिलो पटक खेल्न पाउँदा खुसी छौं । भारत निकै बलियो टोली हो । वरियतामा हामी भन्दा धेरै माथि छन् । तर हामी उनीहरुलाई सजिलै खेल्न दिने छैनौं,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले भारतलाई दुई मैत्रीपूर्ण खेलमा हराउन सकेको खण्डमा फिफा वरियतामा ७ देखि १० स्थान उक्लने सम्भावना रहेको जनाउँदै भने, ‘वरीयतामा पनि असर पर्ने हुनाले हामी बराबरीका लागि होइन जित्नका लागि खेल्ने छौं ।’

भारतविरुद्ध रक्षात्मक रणनीतिमा नखेल्ने र नयाँ खेलाडीले पनि मौका पाउने उनले बताए । उनले टोलीको मानसिकतामा परिवर्तन गरेको दाबी गरे । उनले भने, ‘मानसिकतामा परिवर्तन नहुँदा सम्म कहि पुगिन्न । उनले साफ र एसिया कप तयारीलाई मध्यनजर गर्दै टोलीको तयारी भइरहेको पनि बताए ।’

यो पनि : यस्तो छ नेपालविरुद्ध खेल्ने भारतको टोली

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.