default_image

4 years ago

September 1, 2021

यस्तो छ नेपालविरुद्ध खेल्ने भारतको टोली

141 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली काठमाडौंमा छ । नेपालले दशरथ रंगशालामा विहीबार र आइतबार गरेर भारतविरुद्ध दुई खेल खेल्दैछ ।

भारतका क्रोएसियाली प्रशिक्षक इगोर स्टिमाचले नेपालविरुद्ध खेलका लागि २५ सदस्यीय बलियो टोलीको घोषणा गरेका थिए । कप्तान सुनील क्षेत्रीसहित साफ च्याम्पियनसिप खेल्ने टोली नै नेपाल आइपुगेको छ । यसअघि एएफसी कपमा सहभागी रहेका कारण केहि खेलाडी नआउने भनिएपनि प्रशिक्षक स्टिमाचले साफको तयारीलाई मध्यनजर गर्दै आफ्नो मुख्य टोली नै नेपाल लिएर आएका छन् ।

भारतीय टोलीमा रहेका २५ खेलाडी मध्य तीन खेलाडी मात्र यसअघि नेपाल आएका थिए । कप्तान सुनील क्षेत्रीसँगै डिफेन्डर प्रितम कोटल र गोलरक्षक गुरप्रित सिंह सन्धुले सन् २०१५ मा भएको विश्वकप छनोट अन्तर्गत दोस्रो लेगको खेल खेलेका थिए । उक्त खेलमा सुनील र प्रितम दुवैले पूरा ९० मिनेट खेल्दा गुरप्रित भने बेन्चमा सिमित रहेका थिए ।

नेपालले पछिल्लो पटक भारतविरुद्ध सन् २०१७ मा खेलेको मैत्रीपूर्ण खेलमा भने सुनीलले खेलेका थिएनन् । उक्त खेलमा गुरप्रितले टोलीको कप्तानी गर्दा प्रितम कोटल सुरुवाती ११ मा तथा वैकल्पिक गोलरक्षक अमरिन्दर सिंह बेन्चमा सिमित रहेका थिए । त्यसबेला भारतका प्रशिक्षक एक समय नेपालको प्रशिक्षण सम्हालेका स्टेफान कन्सटानटाइन थिए ।

स्टिमाचको आगमनसँगै भारतीय टोलीमा निकै परिवर्तन आएको छ । उनले इन्डियन सुपर लिग (आइएसएल) का क्लबका खेलाडी समेट्दै २५ सदस्यीय टोलीको निर्माण गरेका छन् । टोलीमा डेब्यु गर्न बाँकी तीन जना खेलाडी मात्र छन् । गोलरक्षक धिरज सिंह मोइराङथेम , डिफेन्डर सेरटोन फर्नान्डेस र फरवार्ड रहिम अलीले हालसम्म राष्ट्रिय टोलीबाट खेलेका छैनन् । धिरज विगत २ वर्षदेखि टोलीमा रहेपनि डेब्यु गरेका छैनन् । उनले नेपालविरुद्ध खेलमा खेल्ने सम्भावना छ । रहिम र सेरीटन भने पहिलो पटक टोलीमा परेका हुन् ।

भारतले कोलकातामा रहेर दश दिन अभ्यास गरेको थियो । उक्त क्याम्पमा एएफसी कपमा व्यस्त रहेका एटिके मोहन बगान र बेंगलुरु एफसीका खेलाडी भने समावेश थिएनन् । २५ सदस्यीय टोलीमा प्रशिक्षण क्याम्पमा सहभागी नरहेका ९ खेलाडी पनि समावेश छन् । यी खेलाडीले पहिलो खेल सुरुवाती ११ मा रहेर खेल्ने सम्भावना कम छ ।

भारतको क्याम्पमा रहेका खेलाडीले आन्तरिक प्रशिक्षण खेलका रुपमा कोलकातामा दुई खेल खेलेका थिए । आइएफए एघारविरुद्ध खेलमा १-० को जित हासिल गर्दा आकाश मिश्राले गोल गरेका थिए । त्यस्तै मोहमडन स्पोर्टिङ विरुद्ध २-० को जितमा इशान पण्डिता र फारुख चौधरीले गोल गरेका थिए । गोलकर्ता मध्य २५ सदस्यीय टोलीमा आकाश र फारुखले मात्र स्थान बनाएका छन् । यसअघि विश्वकप छनोटको टोलीबाट इशानको स्थानमा फारुख टोलीमा आएका हुन् ।

भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले सोमबार नेपाल आएपछि प्रशिक्षकको टोली छनोटबारे आफूलाई केहि थाहा नभएको अभिव्यक्ति दिएका थिए । ‘हाम्रो टोली कस्तो हुन्छ मलाई पनि थाहा छैन । हामी २५ जना खेलाडी आएका छौं । कसले खेल्न पाउँछ र विश्राम लिन्छ भन्ने प्रशिक्षकलाई नै थाहा छ । म आफैंले पनि यहिं आएर टोलीसँग प्रशिक्षण गर्दैछु,’ फरवार्ड सुनीलले बताए ।

यता प्रशिक्षक स्टिमाचले भने नेपालका लागि प्रस्थान गर्नुअघि मैत्रीपूर्ण खेलका लागि टोली निकै होसियार हुनुपर्ने बताएका थिए । ‘हामीले १० दिनको तयारीबाट धेरै अपेक्षा गर्न सकिदैन । नेपालविरुद्ध खेललाई लिएर हामी होसियार रहनुपर्छ । एटिके र बेंगलुरुका खेलाडी नियमित खेलेर आएका कारण राम्रो स्थितिमा छन् होला । क्याम्पमा रहेका खेलाडीलाई पनि समेटेर टोली तयार गर्नेछौं,’ टोली घोषणाका क्रममा उनले भनेका थिए ।

भारतको टोलीमा कप्तान सुनील ३७ वर्ष र डिफेन्डर राहुल भेके ३० वर्ष बाहेक सबै खेलाडी ३० वर्ष मुनिका छन् । विशेषगरी प्रशिक्षक स्टिमाचले युवा खेलाडीलाई प्राथमिकतामा राख्दै टोली घोषणा गरेका छन् । सन् २०१७ मा यू-१७ विश्वकप खेलेका गोलरक्षक धिरज, मिडफिल्डर लालेङमविया (अपुइआ), सुरेश वाङजाम र ज्याकसन सिंह टोलीमा रहेका छन् । आइएसएलको अनुभव बोकेका खेलाडी भएकाले पनि भारतीय टोलीलाई कम उमेरका बाबजुद निकै अनुभवी मान्न सकिन्छ ।

२५ सदस्यीय भारतीय टोली :

गोलकिपर – अमरिन्दर सिंह, धिरज सिंह मोइराङथेम, गुरप्रित सिंह सन्धु

रक्षक – प्रितम कोटल, चिङलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सरीटन फर्नान्डेस

मिडफिल्ड– लालेङमविया, विपिन सिंह, अनिरुद्ध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेस, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर

फरवार्ड – मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी

यो पनि पढ्नुहोस : ‘नेपाल कठिन प्रतिद्वन्द्वी हो’ – भारतीय कप्तान सुनील

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.