default_image

8 years ago

November 8, 2016

अझै राम्रो खेल्ने छौं – कप्तान विराज

86 views

0 Bookmark

कुचिङ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले टोलीको प्रदर्शनमा खुसी व्यक्त गरेका छन् ।

biraj

पहिलो खेलको बराबरीपछि कठिन रहेको स्मरण गर्दै उनले भने, ‘हाम्रो लागि कठिन थियो । मैदान पनि ठिक थिएन । तर, पनि हामीले राम्रो खेल्यौं । हामी सन्तुष्ट छौं । खेलाडीले एकपछि अर्को खेलमा राम्रो गरिरहेका छन् । टिम प्रदर्शनबाट हामी खुसी छौं ।’ विराजले प्रदर्शनमा अझै सुधार गर्नुपर्ने बताएका छन् । जितपछि उनले भने,‘ अर्को खेलमा हामी अझै राम्रो खेल्नेछौं । ’ खेलमा लिटोर लेस्टसँग गोलरहित बराबरीमा रोकिएको नेपाल ब्रुनाईसँगको जितसँगै समूह ए को विजेता बनेको छ ।

नेपालल अब नोभेम्बर १२ मा समूह बीको उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।

January 18, 2025

एन्फा महिला लिग – बागमतीले पुलिसलाई रोक्यो

काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

Success

Thank you for your time.