default_image

3 years ago

August 31, 2021

कामाभिंगा रियल म्याड्रिड आउने सम्भावना

95 views

0 Bookmark

एजेन्सी – धरैको ध्यान केलियन एमबाप्पे रियल म्याड्रिडमा आबद्ध हुन्छन् कि हुदैनन् भन्नेमा छ । सरुवा बजारको अन्तिम दिन आइपुग्दा पनि अझै एमबाप्पे जाने नजाने निश्चित भइसकेको छैन ।

यद्दपी अन्तिम समयसम्म पनि उनको सरुवा हुने विश्वास रियलले राखेको छ । यस्तैमा रियलले अर्का फ्रान्सेली खेलाडी भित्राउने सम्भावना बढेको छ । रियलले लिग वानकै रेनिसका मिडफिल्डर इडिवार्डो कामाभिंगा भित्राउने प्रयास गरिरहेको छ ।

१८ वर्षे युवा खेलाडीको रेनिससँगको सम्झौता अर्को वर्ष सकिँदैछ । त्यसैले थुप्रै युरोपियन क्लबले उनलाई भित्राउन चाहिरहेका छन् । यस्तोमा रियलले ३० मिलियन युरोमा उनलाई लिने तयारी अघि बढाएको छ । सञ्चारमाध्यमहरुका अनुसार दुई क्लबबीच छलफल भइरहेको छ र स्वास्थ्य परिक्षणको तयारी भइरहेको छ ।

सम्झौता प्रक्रिया पूरा भइसकेको छैन । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि कामाभिंगामाथि चासो देखाएको थियो । तर हालसम क्लबले औपचारिक कदम चालेको छैन । यसबीचमा रियलका प्रशिक्षका कार्लो एन्सेलोटी उनलाई स्पेन ल्याउन सफल हुने सम्भावना बलियो छ ।

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.