3 years ago
August 30, 2021
एजेन्सी – अष्ट्रियन मिडफिल्डर मार्सल साबिट्जर जर्मन बुन्डेसलिगामा गत सिजन उपविजेता बनेको आरबी लाइप्जिग छाडेर च्याम्पियन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् ।
बायर्नले साबिट्जरसँग ४ वर्षको लागि सम्झौता गरेका छन् । उनले बायर्नमा ८ नम्बर जर्सी प्रयोग गर्नेछन् । साबिट्जरले यसै सिजन लाइप्जिग छाडेर बायर्न आएका प्रशिक्षक जुलियन नागल्सम्यान र डिफेन्डर डायोट उपामेकानोसँग काम गर्नेछन् ।
नागल्सम्यानले गत सिजन साबिट्जरलाई आफ्नो टोलीको कप्तान बनाएका थिए । लाइप्जिगले गत सिजन जर्मन बुन्डेसलिगा र डीएफबी पोकाल दुवै प्रतियोगितामा उपविजेता बन्द उनको प्रदर्शन महत्त्वपूर्ण थियो । साबिट्जरले युरोमा पनि अष्ट्रियाका लागि प्रभावशाली प्रदर्शन गरेका थिए ।
साबिट्जरले अब बायर्नका लागि आफ्नो पूर्व क्लब लाइप्जिगविरुद्ध नै खेल्दै डेब्यु गर्ने सम्भावना रहेको छ । उनले मिडफिल्डमा लिओन गोरेट्जका, जोशुवा किम्मिख र कोरेन्टिन टोलिसोसँग सेन्टर मिडफिल्डमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । उनी मिडफिल्डको दायाँ र बायाँ भागमा पनि खेल्न सक्ने क्षमता राख्दछन् ।
साबिट्जरले अनुबन्ध भएपछि बायर्नबाट खेल्ने आफ्नो सानैदेखिको सपना पूरा भएको बताएका छन् । ‘म बायर्नबाट खेल्न पाउँदा निकै खुसी छु । बाल्यकालमा मेरो लागि बायर्नको जर्सी सबथोक थियो । क्रिसमसमा जर्सी किन्दा एकदम खुसी हुन्थें,’ उनले भने, ‘ अब बायर्नका लागि धेरै भन्दा धेरै उपाधि जित्ने लक्ष्य हुनेछ ।’
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]