default_image

4 years ago

August 30, 2021

‘नेपाल कठिन प्रतिद्वन्द्वी हो’ – कप्तान सुनील

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेल भारतका लागि कठिन हुने बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान सुनीलले नेपाली भाषामा नै पत्रकारसँग बोलेका थिए ।

सुनीलले यस कठिन परिस्थितिमा मैत्रीपूर्ण खेल आयोजना गरेकोमा नेपाललाई धन्यवाद पनि दिए । ‘मैत्रीपूर्ण खेल पाउन सहज थिएन । यस्तो अवस्थामा पनि नेपाल सरकार र एन्फाले हामीलाई मैत्रीपूर्ण खेल खेल्न आमन्त्रण गर्नुभयो, त्यसका लागि धन्यवाद,’ उनले भने, ‘हामीले पहिला पनि नेपालसँग खेलेका छौं । नेपाल निकै कठिन प्रतिद्वन्द्वी हो । विशेषगरी हामीविरुद्ध टोलीले राम्रो खेल्छ । हामी सकेसम्म राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौं ।’

सुनीलले नेपालविरुद्ध खेल सधैं कठिन हुने पनि बताए । ‘हामीले क्लब स्तरमा पनि केहि महिनाअघि आर्मीविरुद्ध खेलेका थियौं । त्यो टोलीमा पनि राष्ट्रिय टोलीका केहि खेलाडी थिए । नेपालविरुद्ध हामीलाई खेल सधैं कठिन नै हुने गर्छ । यसपटक घरेलु मैदानमा टोलीको फाइदा पनि टोलीलाई छ,’ उनले थपे ।

साफको तयारी अझै पूर्ण रुपमा सुरु नभएको उनले बताए । ‘साफ च्याम्पियनसिपका लागि हामीलाई तयारी गर्न केहि कठिन छ । हाम्रो लिग सकिएको छ । दुई क्लब मात्र एएफसी प्रतियोगितामा बाँकी थिए । अब यसै टोलीबाट छनोट भएका खेलाडी साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा जानेछ,’ उनले थपे ।

टोलीका केहि खेलाडी सिधै नेपाल भ्रमणका लागि आएका हुन् । यसबारे सुनीलले भने, ‘हाम्रो दुई क्लबका खेलाडी माल्दिभ्सबाट भर्खर फर्किएका छौं । एएफसी कपमा व्यस्त रहेका कारण ८ जना खेलाडी प्रशिक्षणमा थिएनौं । तर युवा खेलाडीले पनि प्रशिक्षणमा निकै मिहिनेत गरेका छन् । दुई साता मात्र प्रशिक्षण गरेपनि प्रशिक्षक टोलीको तयारीबाट खुसी हुनुहुन्छ ।’

उनले आफू कस्तो टोली नेपालविरुद्ध खेल्छ भन्नेबारे अनभिज्ञ रहेको बताए । ‘हाम्रो टोली कस्तो हुन्छ मलाई पनि थाहा छैन । हामी २५ जना खेलाडी आएका छौं । कसले खेल्न पाउँछ र विश्राम लिन्छ भन्ने प्रशिक्षकलाई नै थाहा छ । म आफैंले पनि यहिं आएर टोलीसँग प्रशिक्षण गर्दैछु,’ फरवार्ड सुनीलले स्पष्ट पारे ।

सुनीलले नेपालमा आएर खेल्न पाउँदा खुसी लागेको बताए । ‘म नेपालमा आएर खेल्न पाउँदा खुसी छु । मेरो हजुरबुवा हजुरआमा र आमा नेपालबाट नै हुनुहुन्छ । यहाँ फर्केर आउँदा राम्रो नै लाग्छ । यो कठिन समयमा म सबै सुरक्षित नै रहनुस् भन्न चाहन्छु । यो समय चाडै जावोस् भन्ने आशा गर्दछु,’ उनले टुंग्याए ।

नेपालले भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । साफ च्याम्पियनसिपको तयारीका लागि भारत सोमबार नेपाल आइपुगेको हो । नेपाली टोली पनि यस मैत्रीपूर्ण खेलपछि कतार जाने कार्यक्रम रहेको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा हुँदैछ ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.