8 years ago
November 8, 2016
कुचिङ (हाम्रो खेलकुद) – नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले जितमा खुसी व्यक्त गरेका छन् । तर उनले प्रदर्शनबाट सन्तुष्ट नभएको बताएका छन् ।
एएफसी सोलिडारिटी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्रूनाईलाई हराएपछि कोजीले भने ‘नजिता निकै राम्रो हो । तर प्रदर्शन पर्याप्त होइन । म यो प्रदर्शनबाट सन्तुष्ट छैन । ’ पहिलो खेलमा लिटोर लेस्टसँग गोलरहित बराबरीमा रोकिएको नेपाल ब्रुनाईसँगको जितसँगै समूह ए को विजेता बनेको छ ।
नेपालल अब नोभेम्बर १२ मा समूह बीको उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती युथ क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको छ । बागमती र पुलिसबिच शनिवार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले गोलका धेरै अवसर निकाले पनि बागमतीले त्यसलाई सफल हुन दिएन । पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ […]
January 17, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]