8 years ago
November 8, 2016
कुचिङ (हाम्रो खेलकुद) – पहिलो खेलको दाँजोमा फरवार्डहरु चलेपछि नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० ले हराएको थियो । फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगरले गोल गरेपछि नेपालले दोस्रो खेलमा सहज जित हासिल गरेको थियो ।
यो नतिजासँगै नेपाल समूह एको विजेता बनेको छ । दुई खेलमा नेपालको ४ अंक पुगेको छ। । पहिलो जितबाटै सेमिफाइनल पुगिसकेको ब्रुनाई ३ अंकसहित समूहको उपविजेता बनेको छ । नेपालसँग बराबरी खेलेको र ब्रुनाईसँग ४–० ले हराएको टिमोर लेस्टे (१ अंक) प्रतियोगिताबाट बाहिरीएको छ ।
पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नवयुगले नेपाललाई अग्रता दिलाएका थिए । हेमन गुरुडका प्रहार लाई विपक्षी रक्षकले रोकेपछि रिबाउन्डमा प्राप्त बलमा दोस्रो प्रयामा नवयुग गोल गर्न सफल भएका हुन् । नवयुग पहिलो खेलमा भने अपेक्षा अनुसार चलेका थिएनन् । आज पहिलो रोजाइमा परेको भरत खवासले ७३ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारे । विमलको कर्नरलाई नवयुगले हेडले अगाडी खसाल्देको बलमा भरतले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए । त्यस्तै ८० औं मिनेटमा विमलले पेनाल्टीमा गोल गर्दै नेपालको जित निश्चित पारेका थिए । विमललाई विपक्षी खेलाडीले पेनाल्टी बक्समा जर्सी तानेर लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । गत बर्ष बंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुदमा यू २३ मा स्वर्ण पदक जितेको नेपाल यसपटक सोलिडारिटी कप जित्ने लक्ष्यका साथ मलेसिया पुगेको थियो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]