4 years ago
August 29, 2021
एजेन्सी – लन्डन क्लब टोटेनहम हट्सपर इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा वाटफर्डलाई १-० ले पराजित गर्दै टोटेनहम अंक तालिकाको पहिलो स्थानमा पुगेको हो ।
घरेलु मैदानमा टोटेनहमको जितमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक सावित भयो । सनले खेलको ४२ औं मिनेटमा बायाँ विंगबाट गरेको फ्रिकिक प्रहार सिधै गोल भएको थियो । दोस्रो हाफमा दुवै टोलीले आक्रमणमा केहि अवसर सिर्जना गरेपनि गोल हुन सकेन ।
प्रिमियर लिगमा पहिलो पटक सुरुवाती रोजाइमा परेका फरवार्ड ह्यारी केनले केहि सुन्दर अवसर गुमाए । वाटफर्डबाट दुई दिनअघि मात्र टोटेनहम छोडेका मिडफिल्डर मौसा सिसोकोले खेलेका थिए । यसै सिजन क्लबसँग आबद्ध भएका प्रशिक्षक नुनो एस्पिरितो सान्टोले कीर्तिमानी सुरुवात गरेका छन् । उनी प्रिमियर लिग करिअरको सुरुवाती तीनै खेल जित्ने पहिलो टोटेनहम प्रशिक्षक बनेका छन् ।
टोटेनहमले लिगको पहिलो खेलमा म्यानचेस्टर सिटी र दोस्रो खेलमा वल्भ्समाथि पनि १-० को जित नै दर्ता गरेको थियो । टोटेनहम ३ खेलमा ९ अंक जोड्दै अंक तालिकामा २ अंकको अग्रता लिन सफल भएको छ । वाटफर्डले भने ३ खेलमा १ जितसहित ३ अंक जोडेको छ ।
आइतबारकै अर्को खेलमा लिड्स युनाइटेड र बर्नली १-१ को बराबरीमा रोकिए । बर्नलीले ६१ औं मिनेटमा क्रिस वुडको गोलमा अग्रता लिएको थियो । उनले प्रिमियर लिगको ३० हजारौं गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । प्याट्रिक बामफर्डले खेल सकिन ४ मिनेट बाँकी रहँदा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बर्नलीले जारी सिजनको पहिलो अंक जोड्दा लिड्सले भने दोस्रो बराबरी खेलेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]