default_image

3 years ago

August 28, 2021

रोनाल्डो, म्यानचेस्टर युनाइटेड र काभानीको जर्सी नम्बर ७

136 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुन: अनुबन्ध गरेपछि अहिले ट्रान्सफर बजारमा यहि चर्चा छ । दुई क्लबबीच सहमति भएपछि रोनाल्डोले युभेन्टसलाई धन्यवाद भनिसकेको कारण पनि अब औपचारिक घोषणाको व्यग्र पर्खाइमा युनाइटेड समर्थक छन् ।

रोनाल्डो एक दशकपछि युनाइटेड फर्कन लागेका हुन् । यसअघि युनाइटेडबाट नै सिनियर करिअरमा छाप बसाएका रोनाल्डोले त्यसपछि रियल म्याड्रिड र युभेन्टसबाट खेलेका थिए । आफ्नो सिनियर करिअरमा जर्सी नम्बर ७ प्रयोग गरेका रोनाल्डोले यसलाई आफ्नो ब्राण्ड नै बनाएका छन् । रोनाल्डोले सीआर७ को ब्राण्डमा फुटबलबाहिर थुप्रै व्यापारिक क्षेत्रमा लगानी गरेका छन् ।

रोनाल्डोले यसअघि युनाइटेडको निकै प्रतिष्ठित जर्सी नम्बर ७ लगाएर करिअरमा उडान भरेका थिए । उनीपछि युनाइटेडमा अन्य खेलाडीले जर्सी नम्बर ७ प्रयोग गरेपनि कसैले राम्रो छाप बसाउन सकेका छैनन् । रोनाल्डोपछि एन्टोनियो भ्यालेन्सिया, एन्जल डी मारिया, मेम्फिस डिपाए र एडिन्सन काभानीले यो नम्बर प्रयोग गरेका छन् ।

हाल काभानीले युनाइटेडमा ७ नम्बर जर्सी लगाइरहेका छन् । रोनाल्डोको आगमनसँगै काभानीको भविष्य पनि अनिश्चित छ । यसैपनि काभानी युनाइटेडमा रहनेबारे शंका भइरहेको अवस्थामा रोनाल्डोको आगमनले उनी क्लब छाड्ने सम्भावना बढेको छ । काभानीले रोनाल्डोको लागि नै जर्सी छाड्ने सम्भावना पनि रहन सक्छ । तर त्यसका लागि प्रिमियर लिगको विशेष स्वीकृति आवश्यक पर्छ । लिगको नियम अनुसार दर्ता गरिसकेको जर्सी नम्बर परिवर्तन गर्न पुरानो खेलाडीले क्लब छाडेको हुनुपर्ने वा स्वीकृति लिनुपर्ने नियम छ ।

रोनाल्डोले आफ्नो करिअरमा यसअघि जर्सी नम्बर २८ र जर्सी नम्बर ९ प्रयोग गरेका थिए । युनाइटेडमा अहिले ९ नम्बर एन्थोनी मार्सियल र २८ नम्बर फाकुन्दो पेलिस्त्रीले प्रयोग गरेका छन् । रोनाल्डोले राष्ट्रिय टोलीबाट १७ नम्बर पनि प्रयोग गरेका छन् । युनाइटेडमा अहिले उपलब्ध जर्सीहरु १२, १५, २४, ३०, ३१, ३३ र ३५ छन् ।

September 21, 2024

बुद्धशान्तिमा झापा मिडिया कप फुटबल हुने

हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिमा बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापा मिडिया कप २०८१ हुने भएको छ । प्रेस क्लब बुद्धशान्तिले नेपालीहरुको महान चाड बडादसैँको अवसर पारेर जिल्लाका प्रेस क्लबहरुबीच मिडिया कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा झापाका छवटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम […]

September 21, 2024

महिला लिग – पुलिस र वालिङ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिग,मा अपराजित विभागीय टोली नेपाल पुलिस क्लबले शनिवार वालिङ नगरपालिकासँग खेल्दैछ । लिगमा शनिवार हुने दोस्रो खेलमा पुलिस र वालिङ खेल्दैछन् । दशरथ रंगशालामा खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । पुलिस र वालिङको समान ६ खेलमा समान १२ अंक छ । गोलअन्तरले। पुलिस तेस्रो र वालिङ चौथो स्थानमा […]

September 21, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । चौथो खेलमा दोस्रो जित निकाल्नेक्रममा नासरले शुक्रवार अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गर्यो । नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, एन्डसन टलिस्का र सलिम अलनाज्दिले समान १ गोल गरे । नासरका लागि रोनाल्डोले ३३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । […]

Success

Thank you for your time.