3 years ago
August 26, 2021
एजेन्सी – युक्रेनी क्लब साख्तर डोनेक्स, अष्ट्रियन क्लब रेडबुल साल्जवर्ग र मोल्दोभाको एफसी सेरिफ युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ ।
दोस्रो लेग अतिरिक्त समयमा २–२ गोलको बराबरी टुंगिदामा साख्तरले फ्रान्सेली क्लब मोनाकोलाई समग्रमा ३–२ ले पराजित गर्दै च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको हो ।
दोस्रो लेगमा विसान विन यडरले दुई अवे गोल गर्दै मोनाकोको सम्भावना जीवित राख्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएपनि अतिरिक्त समयमा रुवेन एगुइलरले आत्मघाती गोल गरेपछि मोनाको च्याम्पियन्स लिगलाई छनोट हुन सकेन । दोस्रो लेगमा साख्तरका मार्लोसले एक गोल गरेका थिए । त्यसअघि विसाम विन यडरको दुई गोलमा मोनाकोले पहिलो हाफमै मोनाकोले २–० को अग्रता लिएको थियो ।
यस्तै प्ले अफको अर्काे खेलमा डेनिस क्लब ब्रोन्डवी आइएफलाई समग्रमा ४–२ को जित निकाल्दै साल्जवर्गले च्यामिपन्स लिगको समूह चरणमा स्थान बनाउन सफल भयो । साल्जवर्गले पहिलो र दोस्रो लेगमा समान २–१ कै जित निकाल्यो । दोस्रो लेगमा साल्जवर्गको जितमा बेन्जामिन सेस्को र ब्रेन्डेन आरोन्सनले गोल गरे । घरेलु टोली ब्रोन्डवीका एन्ड्रेस म्याक्सले एक गोल फर्काए ।
अर्काे खेलमा मोल्दोभाको एफसी सेरिफले क्रोएसिएन क्लब डिनामो जाग्रिवलाई समग्रमा ३–० ले पराजित गर्दै क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगलाई छनोट हुन सफल भएको छ । दोस्रो लेग गोलरहित बराबरीमा सकिदा पहिलो लेगको ३–० को जित नै सेरिफलाई समूह चरण पुग्न पर्याप्त बन्यो ।
यो नतिजासँगै नयाँ सिजनको लागि सबै ३२ टोलीको टुंगो लागेको छ । बिहीबार तीन टोलीको टुंगो लागेको थियो । आज (बिहीबार) नै समूह विभाजन र खेल तालिका सार्वजनिक हुनेछ ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]