8 years ago
November 7, 2016
काठमाडौं (हाम्रो खेलकुद)- आज भएको रेडबुल राष्ट्रिय फुटसल लिगको खेलहरुमा शंखमुल फुटसल र बानेश्वर रिक्रीयसनल सेन्टरले जित हासिल गरेका छन ।
आज भएको पहिलो खेलमा घरेलु टोली शंखमुल फुटसल ले हाईवे फुटसललाई ५-०ले पराजित गर्यो । बिजेता टोलिको लागि संजोग चाम्लिङ राईले दुई तथा दिनेश राजवंशी, सुरज महर्जन र शेर बहादुर थापाले १-१ गोल गरेका थिए । दुई गोल गरेका संजोग म्यान अफ द म्यात्च घोषित भए ।
आजै भएको अर्को प्रतिस्पर्धात्मक खेल मा बानेश्वर रिक्रीयसनल सेन्टरले चौर रिक्रीयसनल सेन्टरलाई ६-५ले पराजित गर्यो । बानेश्वरका लागि सुनिल तामाङले २ तथा मानसाजन, अदर्श, कर्फु र दिपुले १-१ गोल गरे भने, चौरका लागि सुदिप गुरुङ्ले ह्याट्रीक तथा रबिजन र संजोगले १-१ गोल गरे । मानसाजना म्यान अफ द म्यात्च घोषित भए ।
January 7, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २-०ले हराउँदै लिगको शीर्षस्थानमा उक्लिएको छ। ३ खेलमा पुलिसको ७ अंक पुगेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले आठौं मिनेटमा अग्रता बनायो। बिर्सना चौधरीको पासमा कप्तान नीरू थापाले चेस्ट कन्ट्रोल गरेर हानको भलि प्रहार गोलमा परिणत भयो। पहिलो जितको […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]