default_image

4 years ago

August 23, 2021

एट्लेटिकोको लगातार दोस्रो जित

167 views

0 Bookmark

एजेन्सी – साविकको विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई १–० ले पराजित गर्दै नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको हो ।

एट्लेटिकोले पहिलो खेलमा सेल्टा डि भिगोलाई पराजित गरेको थियो । एट्लेटिकोको जितमा एन्जल कोरेआले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको सातौ मिनेटमा सउल निग्वेजको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

३९औं मिनेटमा यसै समरमा क्लबमा आबद्ध भएका रोड्रिगो डि पउलको पासमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोलाई १–० ले अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लुकास बोएको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा इल्चे बराबरीबाट चुक्यो ।

४७औं मिनेटमा कोकीको कर्नरमा जोस जिमिनेजको प्रहारलाई इल्चेका गोलरक्षक फ्रान्सिस्को कासिल्लाले डाइभ दिदै बचाए । ५१औं मिनेटमा यान्निक कारास्कोको प्रहारमा कासिल्ला नै बाध बने । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसकेपछि पहिलो हाफको एन्जल कोरेआको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो ।

लगातार दोस्रो जितसँगै एट्लेटिको ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । ४ अंक जोडेर रियल म्याड्रिड, बार्सिलोना, मलोर्का र भ्यालेन्सिया शीर्ष पाँचमा रहेका छन् । पराजित इल्चे १ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

आइतबार राति नै भएको अर्काे खेलमा साविकको उपविजेता रियल म्याड्रिडले लेभान्टेसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । यस्तै रियल सोसिडाडले रायो भालेकानोलाई १–० ले पराजित गरेको छ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.