default_image

3 years ago

August 20, 2021

नेपालको महिला फिफा वरियता खस्कियो

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको अगष्टको वरियतामा नेपाल एक सय एक स्थानमा रहेको छ । यसअघि जुनमा भएको वरियतामा नेपाल सयौं स्थानमा थियो ।

कोरोना महामारीका कारण महिला टोलीले पछिल्लो डेढ वर्षभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन । पछिल्लो पटक स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली टोलीले रजत पदक जितेको थियो । पोखरामा भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग पराजित भएको थियो ।

अहिले भने महिला टोली एसिया कप छनोटको तयारीमा जुटेको छ । अर्को महिना उज्वेकिस्तानमा हुने छनोटअन्तर्गत नेपालले असोज २ गते फिलिपिन्स तथा असोज ५ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहको विजेता अर्को वर्ष भारतमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ ।

फिफा वरियतामा दक्षिण एसियाका अन्य देशमा भारत ५७ औं, बंगलादेश एक सय ३७ औं, श्रीलंका एक सय ४३ औं, माल्दिभ्स एक सय ४४ औं र भुटान एक सय ६१ औं स्थानमा छ । फिफा वरियताको शीर्षस्थानमा अमेरिका, दोस्रोमा स्विडेन, तेस्रोमा जर्मनी, चौथोमा नेदरल्यान्ड्स र पाँचौंमा फ्रान्स रहेको छ । केहि दिन अघि भएको पुरुषतर्फको वरियतामा ३ स्थान सुधार गर्दै नेपाली टोली एक सय ६८ औं स्थानमा पुगेको थियो ।

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.