4 years ago
August 20, 2021
एजेन्सी – यसै साता प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई पराजित गर्दै लयमा देखिएको टोटेनहम हट्सपर युइएफए युरोपा कन्फरेन्स लिग अन्तर्गत विहीबार पोर्चुगलको पाकोस फरेरासँग १-० ले पराजित भएको छ ।
पोर्चुगलमा भएको खेलमा सिटीविरुद्ध सुरुवात गरेका सबै खेलाडीलाई विश्राम दिएको टोटेनहमले अपेक्षित प्रदर्शन गर्न सकेन । दोस्रो रोजाइको टोली उतारेपनि खेल अवधिभर गोलमा एक प्रहार पनि नगर्नु टोलीका लागि निकै खराब रहयो । पहिलो हाफमा लुकास सिल्भाले गरेको गोल नै पाकोसका लागि जित दर्ता गर्न पर्याप्त रहयो ।
पहिलो हाफको अन्तिम मिनेटमा भालेन्ते सान्तोसको पासमा सिल्भाले गोल गरेका थिए । मिडफिल्डबाट खेलाएको थ्रु पासमा सिल्भाले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरेका थिए । टोटेनहमले खेल अवधिभर बल पोसेसनमा पकड जमाएपनि आक्रमणमा भने निकै कमजोर सावित भयो ।
टोटेनहमले यसै ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका स्पेनिस विंगर ब्रायन गिल, डिफेन्डर क्रिस्टियन रोमेरो र गोलरक्षक पिएरलुइजी गोलिनीलाई खेलाएको थियो । त्यस्तै युवा फरवार्ड डेन स्कारलेट र नाइल जोनले पनि क्लबको लागि पहिलो सुरुवात गरेका थिए । तर गोल गर्न नसक्दा टोलीले दोस्रो लेगमा अब जित हासिल गर्नुपर्ने भएको छ ।
दोस्रो लेग अर्को साता टोटेनहमको मैदानमा हुनेछ । दुई लेगको प्लेअफबाट विजयी हुने टोलीले यूईएफए युरोपा कन्फरेन्स लिगको समूह चरणमा स्थान बनाउनेछ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]