8 years ago
November 7, 2016
हाम्रो खेलकुद – एएफसी सोलिडारिटी कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा मंगलबार नेपाल र ब्रुनाई भिड्दैछन्।
भोलि हुने खेल नेपाल र ब्रुनाई बिचको दोश्रो खेल हुनेछ। यसअघी नेपाल र ब्रुनाईले एएफसी च्यालेन्ज कप २००६ अन्तर्गत समूह चरणमा एक खेल खेलेका थिए। उक्त खेलमा ब्रुनाईले २-१को जित हात परेको थियो। नेपालका लागि टाशी छिरिङले एकमात्र गोल गरेका थिए।
भोलि जित हात परेमा नेपालले पहिलोपटक ब्रुनाईलाई हराउनेछ। जितसंगै नेपालले समूह चरणमा प्रथम हुदैं सेमिफाइनलमा स्थान बनाउनेछ।
December 23, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनले आइतवार पनि निरन्तरता पाएको छ । घरेलु मैदानमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो । बर्नमथलाई जित दिलाउन डिन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । हुइजेनले २९ औं मिनेटमा गोल गरे। क्लुइवर्टले ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सेमेन्योले ६३ औं मिनेटमा […]
December 23, 2024
एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतवार सेभिल्लालाई ४-२ ले हराउँदै शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि दबाब बढाएको छ। केलियन एम्बाप्पे, फेडरिको भालभार्डे र रोड्रिगोले गोल गरेपछि रियलले ३४ मिनेटमा ३-० को अग्रता बनायो।एमबाप्पेले १० औं मिनेटमा गोल गरे। ला लिगामा उनको त्यो १० औं गोल हो। भालभार्डेले २० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर […]
December 23, 2024
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा ४ अंकको स्पष्ट अग्रता लिएको छ। लिभरपुलले आइतवार टोटेनहमलाई ६–३ गोलले हराएको हो । टोटेनहमको मैदानमा लिभरपुललाई सानदार जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले समान २ ,म्याक एलिस्टर र डोमिनिक सोबोस्लाईले समान १ गोल गरे। टोटेनहमका जेम्स म्याडिसन, डेजान कुलुसेभ्स्की र डोमिनिक सोलान्कीले गोल गरे । […]