8 years ago
November 7, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले ब्रुनाईविरुद्ध समूह चरणको अन्तिम खेल खेल्दैछ। पहिलो खेलमा फितलो आक्रमणका कारण गोलरहित बराबरीमा अड्किएको नेपालको लागि समूह विजेता बन्न यो खेल जित्नै पर्ने समीकरण रहेको छ।
पहिलो खेलमा नवयुग श्रेष्ठ र बिमल घर्ति मगरले सुरुवाती एघारमा आक्रमण सम्हालेका थिए भने सुजल श्रेष्ठ र अन्जन बिष्ट विङ्गसमा थिए। खेलको ६०औं मिनेटमा भरत खवासले नवयुग श्रेष्ठ स्थान लिएका थिए र केहि सुनौलो अवसरको सिर्जना पनि गरे खेलको सुरुवातमा नवयुगले पाएको मौका सदुपयोग गर्न सकेनन। दोश्रो हाफको सुरुवातमै उनले प्रहर गरेको सट पोष्टमा लागेर फर्किएको थियो।
भारत खवासले वैकल्पिक खेलाडीको रुपमा आएर राम्रो प्रदर्शन गरेकाले उनको ब्रुनाईसंग सुरुवाती एघारमा पर्ने सम्भावना धेरै छ। कप्तान अनिल गुरुङ अन्जन बिष्टको ठाउँमा ७७ मिनेटमा आए पनि उनले खासै केहि गर्न सकेनन। पाएको एक दुइ मौकामा पनि उनि चुकेका थिए, त्यसैले उनको सम्भावना निकै कम देखिएको छ।
मिडफिल्डमा हेमन गुरुङको प्रदर्शन केहि खस्किएकोले प्रशिक्षक ग्योतोकु कोजिले आक्रामक मिडफिल्डरका रुपमा भरत वा अन्जनलाई खेलाएर केहि फेर बादल गर्ने सम्भावना पनि उत्तिकै छ। बिमलले अन्तिम केहि समय विंगसमा राम्रो प्रदर्शन गरेकाले उनले त्यहाँबाट खेल्न पनि सक्नेछन।
तपाईंको विचारमा नेपालको आक्रमण कसले सम्हाल्ने छ त?
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]