default_image

3 years ago

August 17, 2021

मनाङलाई सगरमाथा एफसी अष्ट्रेलियाको सहयोग

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सगरमाथा एफसी सिड्नी अष्ट्रेलियाले ‘ए’ डिभिजन मनाङ–मर्स्याङ्दी क्लबमार्फत बाढी पीडित मनाङ जिल्ला र एकेडेमीको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

सगरमाथा एफसीले मनाङ– मर्स्याङ्दी क्लबमार्फत मनाङ जिल्लाको बाढी पीडित र क्लबको एकेडेमीका लागि कुल १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको हो । उक्त रकम नेपालमा रहेका लाक्पा तेम्वा शेर्पाले मनाङका अध्यक्ष मुखिया गुरुङलाई हस्तान्तरण गरे ।

जसमा १ लाख ५० हजार रुपैयाँ मनाङ जिल्लाको बाढी पीडितका लागि र २५ हजार रुपैयाँ मनाङले पोखरामा सञ्चालन गर्ने एकेडेमीको लागि रहेको सगरमाथा एफसीले जनाएको छ ।

सर्वाधिक ८ पटकको ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबले युथ एकेडेमी सञ्चालनका लागि पोखरामा रहेको नेपाल आदर्श आवासिय विद्यालयसँग सम्झौता गरिसकेको छ । यस्तै यसै वर्ष लगातार आएको बाढीले मनाङमा थुप्रै क्षति पुर्‍याएको थियो ।

सगरमाथा एफसी अष्ट्रेलियामा रहेका नेपालीहरुले दर्ता गरेको क्लब हो । सगरमाथा एफसीले सिड्नीमा हुने गोर्खा नेप्लिज कम्युनिटी लिग (जिएनसी) लिग खेल्ने गर्दछ । सगरमाथा एफसी नेप्लिज कम्युनिटी लिगको अघिल्लो सिजनको च्याम्पियन टोली हो ।

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

Success

Thank you for your time.