8 years ago
November 6, 2016
लन्डन (एजेन्सी)– लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । आइतबार वार्टफोर्डलाई ६–१ ले हराउँदै लिभरपुल अंकतालिकाको शीर्षस्थानमा पुगेको हो । ११ खेलमा लिभरपुलको २६ अंक पुगेको छ ।
लगातार खराब प्रदर्शन गर्दै आएको म्यानचेस्टर युनाइटेडले आइतबार स्वान्सीमाथि ३–१ को जित निकाल्दै दबाब कम गरेको छ । अर्को खेलमा हल सिटीले साउथ ह्याम्टनलाई २–१ को हरायो भने त्यसअघि आर्सनल र टोटेनह्यामले १–१ को बराबरी खेले । बराबरीले आर्सनल शीर्षस्थानमा पुग्नबाट बञ्चित रह्यो ।
लिभरपुलका लागि साडियो मानेले दुई गोल गरेको खेलमा फिलिप्पे काउटिन्हो, इमरे कान, रोर्बेटो फिमिनो र जर्जियोन विज्लाडुमले समान १ गोल गरे । वार्टफोर्डका लागि एकमात्र गोल डार्ल जानमटले गोल फर्काए । अर्को खेलमा याल्टान इब्राहिमोभिचले २ गोल गर्दै युनाइटेडको जितमा योगदान पुरयाए । इब्राहिमोभिचले २१ औ. र ३३ औं मिनेटमा गोल गर्नुअघि पाउल पोग्बाले १५ औं मिनेटमा पहिलो गोल गरेका थिए । स्वान्सीका लागि दोसे हाफमा माइक भान डेर होर्नले गोल फर्काए । ११ खेलपछि युनाइटेडको १८ अंक पुगेको छ र टोली छैटौं स्थानमा छ ।
४२ औं मिनेटमा केभिन विमेरको आत्मघाती गोलबाट आर्सनलले अग्रता लिएपनि ५१ औं मिनेटमा हेरि केनको पेनाल्टी गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । अघिल्लो दिन विजयी भएको चेल्सी (२५) दोस्रो स्थानमा झरेको छ । समान २४ अंक भएका म्यानचेस्टर सिटी तस्रो र आर्सनल चौथो स्थानमा छ । २१ अंकसहित टोटेनह्याम पाँचौं स्थानमा रहेको छ । चार्ली अस्टिनको पेनाल्टी गोलबाट साउथह्याम्टनले छैटौं मिनेटमा खेलमा अग्रता बनाएपछि हल सिटीले पुनरागमन गरेको थियो । ६१ औं मिनेटमा रोर्बेट स्नोडग्रासले बराबरी र त्यसको दुई मिनेटपछि मिचेल डाउसनले विजयी गोल गरेका थिए । हल सिटी (१०) १८ औं स्थानमा छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]