default_image

4 years ago

August 14, 2021

लेवान्डोस्कीको गोलमा बायर्न हारबाट जोगियो

109 views

0 Bookmark

एजेन्सी – अघिल्लो सिजनको समेत सर्वाधिक गोलकर्ता रहेका पोेलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि साविकको विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ ।

बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बायर्नले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काउन सफल भएको हो । बोरुसिया पार्कमा शुक्रबार राति भएको खेलम घरेलु टोलीले खेलको १०औं मिनेटमा एलासने प्लेयाको गोलबाट अग्रता लिएको थियो ।

उनले लार्स स्टिनडिलको पासमा गोल गरेका थिए । तर मोन्चेनग्लाडवाकले त्यो अग्रतालाई पहिलो हाफमै जोगाउन सकेन । ४२औं मिनेटमा अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता समेत रहेका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले योसुवा किम्मिखको पासमा गोल गरेका थिए ।

बल पोसेसनमा बलियो पकड बनाउँदै १६ भन्दा बढी अवसर सिर्जना गरेपनि बायर्नले मोन्चेनग्लाडवाकको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा नयाँ सिजनको पहिलो खेलमा नै बराबरीमा रोकिन बाध्य बन्यो । बराबरीपछि दुवै टोलीले समान १ अंक जोडेका छन् ।

बुन्डेसलिगामा आज (शनिबार) विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदैछ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.