4 years ago
August 13, 2021
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीलाई क्लबमा अनुबन्ध गर्दै विश्व फुटबलकै सशक्त टोलीका रुपमा आफूलाई स्थापित गरेको छ । तर पिएसजीले यतिमै रोकिने संकेत भने दिएको छैन ।
मेस्सीको आगमनसँगै टोलीको आक्रमण विश्वकै उत्कृष्ट बनेकोमा दुइमत छैन । फ्रान्सेली राष्ट्रिय टोलीका युवा फरवार्ड किलियन एमबाप्पे र ब्राजिलका सुपरस्टार नेयमारसँगै मेस्सीको उपस्थितिले आक्रमण बलियो बनेको छ ।
यसबाहेक अनुभवी फरवार्ड माउरो इकार्डी र अर्जेन्टिनाकै विंगर एन्जल डी मारिया पनि टोलीमा छन् । जर्मन मिडफिल्डर जुलियन ड्राक्स्लर र स्पेनिस विंगर पाब्लो सराबिया पनि आक्रमणमा खेल्न सक्छन् ।
टोलीका भरपर्दा फरवार्ड एमबाप्पे आफ्नो सम्झौताको अन्तिम वर्षमा छन् । उनले अब पिएसजीमा सम्झौता नविकरण नगर्ने मनसाय बनाइसकेका छन् । यस्तो अवस्थामा पनि पिएसजी भने उनलाई अन्यत्र बेच्न चाहदैन ।
पिएसजीले बरु अर्को सिजन एमबाप्पेलाई फ्रि एजेन्टकै रुपमा आफूखुसी क्लब छाड्ने विकल्प दिएको छ । कारण, क्लबले अर्को सिजन उनको स्थानमा आउने खेलाडी निर्धारण गरिसकेको छ ।
पिएसजीले आधुनिक फुटबलका दुई स्टार मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैलाई एकसाथ उतार्ने प्रयास गरिरहेको छ । रोनाल्डोको युभेन्टससँगको सम्झौता अर्को वर्ष सकिँदैछ । यस्तो अवस्थामा पिएसजीले एमबाप्पेले क्लब छाडेपनि रोनाल्डोलाई पेरिसमा ल्याउने सोच बनाएको छ । यी तीन खेलाडी सन् २०१५ मा एकसाथ ब्यालोन डी’ओर को शीर्ष तीनमा थिए ।
रोनाल्डोका एजेन जोर्गे मेन्डेसले पनि यसबारे छलफल थालेका छन् । रोनाल्डो अर्को वर्ष ३७ वर्ष पुग्दैछन् । यो उमेरमा दुई वर्षको सम्झौता पाए रोनाल्डो फ्रान्सेली लिग खेल्न तयार हुने बुझिएको छ । यसबाहेक रोनाल्डोले च्याम्पियन्स लिगमा पनि निरन्तर खेल्न पाउनेछन् । त्यसैले पनि पिएसजी रोनाल्डो र मेस्सीलाई एकसाथ खेलाउने योजनामा सफल हुने देखिन्छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]