4 years ago
August 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले कप्तान विक्रम लामालाई लगातार १२ औं वर्षका लागि क्लबमा अनुबन्ध गरेको छ । २०६७ सालमा जावलाखेलबाट थ्री स्टार आएका विक्रमले नयाँ सिजनका लागि क्लबसँग नयाँ सम्झौता गरेका हुन् ।
क्लबले विक्रमको १२ औं वर्षको नविकरण आफ्नो सामाजिक संजालमार्फत आज अगस्ट १२ तारिखमा १२ बजेर १२ मिनेटको समयमा घोषणा गरेको हो । विक्रमले थ्री स्टार र राष्ट्रिय टोलीका लागि लामो समयदेखि १२ नम्बर जर्सी प्रयोग गर्दै आएका छन् । विक्रमले पछिल्लो ४ वर्षयता टोलीको कप्तानी समेत गर्दै आएका छन् ।
सम्झौता नविकरण गर्ने क्रममा विक्रमले यसपटक थ्री स्टार उपाधिको बलियो दावेदार रहेको बताए । ‘हाम्रो टोली एकदम राम्रो छ । अब हामी एकतृत भएर लक्ष्य प्राप्तिका लागि मिहिनेत गर्नेछौं । मलाई लाग्छ हामी लिग जित्न सक्षम छौं,’ उनले भने । विक्रमले थ्री स्टार आफ्नो लागि घर जस्तै रहेको र क्लबले दिएको साथको लागि आभार व्यक्त गरे ।
विक्रम हाल राष्ट्रिय टोलीसँग पोखरामा रहेका छन् । उनलाई प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीमा समेटेका हुन् । चोटका कारण ढिलो टोलीमा आबद्ध उनले आफ्नो फिटनेस सिद्ध पारेपछि दोस्रो चरण छनोटमा स्थान बनाएका हुन् । कतारमा शल्यक्रियापछि उनी दुई महिनाअघि मात्र नेपाल फर्केका थिए ।
थ्री स्टारले यसअघि राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ र युवा मिडफिल्डर आयुष घलानसँग पनि सम्झौता गरिसकेको छ । सँगसँगै फरवार्ड संजोक राई र डिफेन्डर निशान खड्का पनि थ्री स्टारकै जर्सीमा रहनेछन् । मिडफिल्डर डोना थापाले पनि क्लबसँग सम्झौता गरिसकेका छन् । क्लबले गत सिजनकै अधिकांश खेलाडीलाई क्लबमा राखेको छ ।
यस सिजन थ्री स्टारको प्रशिक्षण उर्जन श्रेष्ठले सम्हाल्नेछन् । गत सिजन ब्रिगेड ब्वाइज क्लबमा रहेका उनले यस सिजन मोफसलका केहि प्रतियोगितामा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]