3 years ago
August 11, 2021
एजेन्सी – विश्व फुटबलमा एक दशक बढी एकछत्र राज गरेका पोर्चुगिज सुपर स्टार फरवार्ड रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सीसँग खेल्ने जो कोही खेलाडीको चाहना हुन्छ । तर सीमितले मात्रै यो अवसर पाउने गर्दछन् ।
मेस्सी र रोनाल्डोले क्लब फुटबलमा सम्भव सबै उपाधि जितेका छन् । थुप्रै कीर्तिमान तोडेका छन् । बढ्दो उमेरका बाबजुद उनीहरुको व्यक्तिगत प्रदर्शन पनि उत्तिकै गज्जव छ । उनीहरुको हैक खेलको प्रदर्शन हेर्न लायक नै हुनेछ । तर, समय सधै त्यस्तै रहिरहँदैन ।
रोनाल्डोले सन् २०१८ मा कीर्तिमानको पोको बनाएको रियल म्याड्रिड छाड्दै इटालियन महारथी युभेन्ट्स पुगेका छन् । क्याटलान क्लब बार्सिलोनामा सब थोक जितेका मेस्सी मंगलबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध भएका छन् ।
रोनाल्डो र मेस्सी दुवैसँग खेल्नेको सुची छोटो छ । पीएसजीमा मेस्सीको आगमनसँगै अब यो सुचीमा स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोस समावेश हुने भएका छन् । मेस्सी बार्सिलोनामा र रामोस रियलमा रहँदा यि दुई बीच राम्रो सम्बन्ध नरहेपनि अब यि दुईले एक आपसमा खेल्नेछन् ।
रियल म्याड्रिडका पुर्व कप्तान सर्जियो रामोसले रोनाल्डोको साथमा स्पेनमा अत्यन्त सफल वर्षहरु बिताएका छन् । अब रामोसले विश्व फुटबलका अर्का हस्ती लियोनेल मेस्सीसँग दुई वर्ष पीएसजीमा खेल्नेछन् । मेस्सी र रामोस दुवैले पीएसजीमा २ वर्षको सम्झौता नविकरण गरेका छन् । दुवै फ्रि एजेन्टमा पीएसजी पुगेका हुन् ।
रामोसले केही दिनअघि मेस्सी विश्वको सर्वश्रेष्ठ खेलाडी मध्येको एक रहेको र मेरो टिममा सर्वश्रेष्ठ खेलाडीलाई चाहेको बताएका थिए । चोटका कारण रामोस टोली बाहिर रहँदा मेस्सी भर्खरै क्लबमा आबद्ध भएका कारण यि दुईले सँगै खेलेको हेर्न केही समय कुर्नुपर्नेछ ।
रोनाल्डो र मेस्सीसँग खेल्नेको सुची
एन्जल डि मारिया (रियल म्याड्रिड –रोनाल्डो र अर्जेन्टिना –मेस्सी)
पाउलो डिबाला (युभेन्ट्स –रोनाल्डो र अर्जेन्टिना – मेस्सी)
जेरार्ड पिके (म्यानचेस्टर युनाइटेड – रोनाल्डो र बार्सिलोना –मेस्सी)
कार्लाेस टेभेज (म्यानचेस्टर युनाइटेड – रोनाल्डो र अर्जेन्टिना –मेस्सी)
इजेक्वेल गाराए (रियल म्याड्रिड –रोनाल्डो र अर्जेन्टिना –मेस्सी)
फर्नान्डो गागो (रियल म्याड्रिड – रोनाल्डो र अर्जेन्टिना – मेस्सी)
आन्द्रे गोमेज गोमेज (पोर्चुगल –रोनाल्डो र बार्सिलोना –मेस्सी)
डेको (पोर्चुगल –रोनाल्डो बार्सिलोना –मेस्सी)
गोन्जालो हिगुआइन (रियल र युभेन्ट्स – रोनाल्डो र अर्जेन्टिना – मेस्सी)
नेल्सन सेमेडो (बार्सिलोना – मेस्सी रोनाल्डो – पोर्चुगल)
अर्थर (बार्सिलोना –मेस्सी र युभेन्ट्स –रोनाल्डो)
मिरालेम प्यानिच (युभेन्ट्स – रोनाल्डो र बार्सिलोना – मेस्सी)
ट्रिन्काओ (बार्सिलोना – मेस्सी र पोर्चुगल –रोनाल्डो)
मार्टिन कासेरेस (बार्सिलोना –मेस्सी र रोनाल्डो –युभेन्ट्स)
हेनरिक लार्सन (म्यानचेस्टर युनाइटेड – रोनाल्डो र बार्सिलोना – मेस्सी)
गाब्रिल हेइन्ज (म्यानचेस्टर युनाइटेड – रोनाल्डो र बार्सिलोना – मेस्सी)
October 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलको टिकट विक्री अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफै विक्री गर्ने भएको छ। नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा बुधवार साँझ ६:३० बजे फाइनल सुरु हुनेछ। एन्फाले मंगलवार पत्रकार सम्मेलनमार्फत ३ ठाँउमा बुधवार बिहान ८:०० बजे टिकट विक्री गरिने जानकारी गराएको थियो। जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स […]
October 29, 2024
एजेन्सी – स्पेनिस मिडफिल्डर रोड्रीले विश्व फुटबलको सबैभन्दा ठूलो मानिने अवार्ड बालोन डी’ओर जितेका छन्। म्यानचेस्टर सिटीलाई चौथोपल्ट प्रिमियर लिग जिताउन सहयोग गरेका २८ वर्षीय रोड्रीले पहिलो पटक यो अवार्ड जितेका हुन् । रोड्री सन् २०१९ यता इङ्ग्लिस क्लब सिटीमा अनुबन्ध छन् । रोड्रीले स्पेनलाई युरोकप २०२४ जिताउन पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। गत महिना […]
October 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को बुधवार हुने नेपाल र बंगलादेशबीच फाइनल खेलको टिकट विक्रीमा (अखिल नेपाल फुटबल संघ) एन्फाले रोक लगाएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रा.लि.लाई कुनै पनि माध्यमबाट टिकट विक्री नगर्न/नगराउन भनिएको छ । साथै एन्फाले दर्शकहरूलाई पनि टिकट […]