default_image

3 years ago

August 10, 2021

बार्सिलोनाले मेस्सीको पोस्टर हटायो

130 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले पूर्व कप्तान लियोनेल मेस्सीको पोस्टर हटाएको छ । मेस्सीले बार्सिलोना छाडेसँगै घरेलु मैदान क्याम्प नोउमा रहेको मेस्सीको पोस्टर उक्काइएको छ ।

३४ वर्षीय मेस्सीले गत आइतबार सम्बोधन गर्दै बार्सिलोनाबाट बिदाई लिएका थिए । त्यसअघि गत बिहीबार बार्सिलोनाले लिगको नियमको आधारमा मेस्सीलाई सम्झौता गर्न नसक्ने बताएपछि बार्सिलोनामा मेस्सी युगको अन्त्य भएको थियो ।

२१ वर्ष क्लबमा बिताएका मेस्सीले १७ सिजन बार्सिलोनाको सिनियर टोलीबाट खेलेका थिए । स्पेनिस ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा क्याटलान क्लबको एकेडेमी ला मासियामा आएका थिए । त्यसको चार वर्षपछि नै उनी १६ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीमा पर्न सफल भए । २१ वर्ष बार्सिलोनामा रहँदा १७ वर्षको व्यवसायिक करियरमा ३४ वर्षीय मेस्सीले थुप्रै उपाधिसँगै कीर्तिमानहरु रचेका छन् ।

मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच दुई वर्षको लागि सम्झौता भएको बुझिएको छ । उनी मंगलबार पेरिस पुगिसकेका छन् । सम्भवत पीएसजीले आजै नै उनलाई सार्वजनिक गर्नेछन् ।

यो पनि : मेस्सी पेरिस पुगे

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.