10 years ago
August 12, 2015
गएराति राति जर्जियाको राजधानी टबिलिसीमा भएको खेलमा स्पेनको दोस्रो पुरानो क्लब ५–४ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सुपर कपको उपाधि जितेको हो ।
खेलको तेस्रो मिनेटमा नै एभर बेनेगाले गोल गर्दै सेभिललाई सुरुवाती अग्रता दिलाए का थिए तर सेभीलको अग्रता धेरै समय टिक्न नदिई सातौं मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले बराबरी गोल फर्काएका थिए ।
१५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले बार्सिलोनालाई २–१ को अग्रता दिलाए । ४४ औं मिनेटमा अलक्यानटारा डु नासिमेन्टोले गोल गर्दै बार्सिलोनाको अग्रता ३–१ मा र्पुयाए ।
खेलको ५२ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई ४–१ को अग्रता दिलाए । तर त्यसपछि सेभिल खेलमा फर्कियो । सेभिल्लाका जोस एन्टोनियो रेयसले ५७ औं मिनेटमा सेभिलका लागी दोस्रो गोल गरे । ७२ औं मिनेटमा पाएको पेनल्टीलाई समदुपयोग गर्दै सेभिल्लाका केभिन गेमेरो ले तथा ८१ औं मिनेटमा यभन कोनोप्लेयांकाले गोल गर्दै खेल ४–४ को बराबरीमा ल्याए । निर्धा्रित ९० मिनेटको खेल ४–४ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा बार्षिलोनाका पेड्रोले १ सय १५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । यो सागै बार्सिलोनाले पााचौ पटक सुपर कपको उपाधि जितको छ । यसअघि इटालियन क्लब एसी मिलानले पनि सुपर कपको उपाधि पााच पटक जितेको थियो । बार्सिलोनाले सन् १९९२, १९९७, २००९, २०११ र यो वर्ष गरी पााच पटक सुपर कपको उपाधि जितेको हो । यस्तै इटालिएन क्लब एसी मिलानले सन् १९८९, १९९०, १९९४, २००३ र २००७ मा गरी पााच पटक सुपर कपको उपाधि जितेको थियो ।
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले श्री भगवती क्लबलाई बराबरीमा रोकेको छ । इन्जुरी समयसम्म अग्रतामा रहेको श्री भगवती अन्तिम समयमा गोल खाँदा १-१ को बराबरीमा रोकिएको हो । एन्फा कम्प्लेक्समा भएको खेलको ३१ औं मिनेटमा विक्रान्त नरसिंह रानाले गोल गरे । उनको सुरूवाती प्रयास पोस्टमा लागेपनि रिबाउन्डमा आएको […]
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा केहि दिनका लागि स्वदेश फर्कने भएकी छिन्। एन्जिलाको जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म देशभर दोस्रो सातामा चलिरहेको छ । सोही फिल्मको प्रमोसनका लागि उनी शुक्रवार बिहान १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । उनी अर्को साता नै ग्रीस फर्कने […]
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी महिला एसियन कप २०२६ को छनोट चरणमा नेपाल समूह एफमा परेको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा विहीबार सम्पन्न ड्रमा नेपाल र आयोजक उज्वेकिस्तान एकै समूहमा परेका हुन् । समूह एफ मा लाओस र श्रीलंका पनि रहेका छन् । हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । ३४ टोलीलाई […]