3 years ago
August 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा अर्को महिना आयोजना हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा पहिलो पटक सुदूरपश्चिम प्रदेशको टोलीले पनि सहभागिता जनाउने भएको छ ।
बाजुराको रानीवन स्पोर्टस् क्लबले सी डिभिजन छनोटका लागि आइतबार एन्फामा दर्ता गरेको क्लबका सल्लाहकार नरेश रोकायाले जानकारी दिए । जिल्लाका खेलाडीहरुको खेलप्रतिको रुचीका कारण नै आर्थिक रुपमा कठिन भएपनि छनोटमा भाग लिन लागिएको रोकायाले बताएका छन् ।
‘काठमाडौंबाट त्यति टाढाको जिल्लाबाट छनोटमा सहभागी हुनु आर्थिक रुपमा निकै कठिन हुन्छ,’ उनले भने, ‘तर पनि फुटबल प्रति हाम्रा ठाँउका भाईहरुको रुचीका कारण हामीले सहभागिता जनाउने निर्णय गरेका हौं । कठिन छ तर पनि सुदूरपश्चिमबाट सबैको सहयोग रहने अपेक्षा गरेका छौं ।’
क्लबका अध्यक्ष ध्रुव रोकाया अहिले जिल्लामै टोलीको तयारीमा जुटिरहेका छन् । उनका अनुसार स्थानिय ८/९ खेलाडी अभ्यासमा छन् । ‘सुदूरपश्चिमको यो विकट ठाँउमा मैदानको अभाव छ । त्यसका बाबजुद पनि युवाहरुमा फुटबल प्रतिको आकर्षण छ भन्ने सन्देश दिनका लागि कठिन नै भएपछि छनोट खेल्ने तयारीमा छौं,’ अध्यक्ष रोकायाले भने,’ भविष्यमा एन्फाले बाजुरालाई पनि आफ्नो संगठन भित्र राखोस् भन्ने चाहना हाम्रो छ । त्यसका लागि हामीले आफ्नो ठाँउको फुटबललाई चिनाउने यो एउटा प्रयास हो ।’
छनोटका लागि टोलीको तयारीसँगै खेलाडी छनोट पनि भइरहेकोले इच्छुक खेलाडीलाई सम्पर्क गर्न पनि क्लबले आव्हान गरेको छ । यसैबीच, एन्फाले सी डिभिजन लिग छनोटको दर्ताका लागि साउन मसान्त सम्मको समय अवधि बढाएको छ । यसअघि साउन २५ गते सम्म दर्ताका लागि समय तोकेको थियो ।
रानीवन सुदूरपश्चिमबाट सी छनोट खेल्न दर्ता हुने पहिलो क्लब भएको लिग समितिका निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । उनका अनुसार आइतबार सम्ममा ३२ टोलीको सहभागिताका लागि दर्ता गराएका छन् ।
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]