default_image

4 years ago

August 8, 2021

पिएसजीले आइफेल टावर भाडामा लियो

210 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमारलाई भित्राएको थियो । त्यति बेला ब्राजिलियन नेयमारलाई सार्वजनिक गर्नेक्रममा ३ लाख युरोमा आइफेल टावर भाडामा लिएको थियो ।

फेरि पिएसजीले आइफेल टावर बुक गरेको बताइएको छ । बार्सिलोनाका पूर्व कप्तान लिओनल मेस्सीलाई सार्वजनिक गर्नका लागि पिएसजीले आइफेल टावर बुक गरेको अनुमान गरिएको छ । इएसपिएनका पत्रकार डिएगो मानरोइगका अनुसार पिएसजीले अगष्ट १० का लागि टावर बुक गरेको छ ।

त्यसका आधारमा पनि मेस्सीलाई सार्वजनिक गर्ने अनुमान गरिएको हो । केहि सञ्चारमाध्यमका अनुसार मेस्सीले पिएसजीमा तीन वर्षको सम्झौता गर्ने सम्भावना छ । उनले नेयमारले भन्दा बार्षिक ५ मिलियन बढी प्राप्त गर्नेछन् । नेयमारले ३५ मिलियन पाउँदै आएका छन् । त्यस्तै मेस्सीले भने बार्षिक ४० मिलियन पाउन्ड पाउने बताइएको छ ।

मेस्सीले आज क्याम्व नोउबाट आफ्नो राजीनामा बारे सम्बोधन गर्दैछन् । लिगको आर्थिक नियमावलीको कारण बार्सिलोना र मेस्सीबीच सम्झौता हुन सकेको थिएन ।

March 11, 2025

अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा

एजेन्सी – झोन दुरानको २ गोल र क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि सोमबार साउदी प्रो लिग टोली अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा पुगेको छ। अल-नासरले इरानी क्लब एस्तेग्लाललाई ३-० ले पराजित गर्यो। अर्को खेलमा कतारी क्लब अल-सद्दले अल-वसललाई पराजित गर्‍यो। अल-सद्दको दोहामा भएको ३-१ को जितमा अक्राम अफिफले महत्वपूर्ण भूमिका खेले, जसले फेलिक्स सान्चेजको […]

March 11, 2025

ललितपुरका प्रशिक्षक र २ खेलाडी आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् । युएएफएका प्रो– लाइसेन्स प्राप्त प्रशिक्षक ग्रेसनलाई ललितपुरले यो सिजनका लागि अनुबन्ध गरेको हो‌। उनले खेल जीवनमा लामो समय लेस्टर सिटी,ब्ल्याकपुल,एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उनले सन् १९९६ को इङ्लिस लिग कप जितेका […]

March 11, 2025

न्युक्यासलसँग वेस्ट ह्यामको‌ हार

एजेन्सी – ब्रुनो गुइमाराएस नायक बनेपछि न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि १-० को जित निकाल्दै युइएफए च्याम्पियन्स लिग छनोट सम्भावनालाई कायम राखेको छ । वेस्ट ह्यामको लन्डन स्टेडियममा भएको कडा प्रतिस्पर्धात्मक खेलमा कप्तान गुइमाराएसले एक मात्र गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका हुन्। यो जितले आइतबार लिभरपुल विरुद्धको इएफएल कप फाइनल अघि […]

Success

Thank you for your time.