default_image

4 years ago

August 7, 2021

एसियन कप छनोटको खेल नेपालमा नहुने

200 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत समूह एफ अन्तर्गत खेलहरु नेपालमा आयोजना नहुने भएको छ । एएफसीले गत महिना सार्वजनिक गरेको समूह तालिका अनुसार नेपालसँगै हङकङ र फिलिपिन्स रहेको समूह ‘एफ’ को खेल नेपालमा हुने भनिएको थियो । तर अहिले भने प्रतियोगिता नेपालबाट सर्ने भएको छ ।

नेपालमा कोरोना संक्रमण नियन्त्रणमा नआएपछि सहभागी अन्य राष्ट्रले यसबारे एएफसीलाई लेखेपछि खेल सर्ने भएको बुझिएको छ । आयोजना गर्न नपाउने भन्नेबारे एन्फालाई जानकारी भइसकेको बुझिएको छ । एएफसीले आफ्नो वेबसाइटबाट पनि खेल हुने स्थान र मिति तय हुन बाँकी रहेको जनाएको छ । यसै साताभित्र नयाँ खेल स्थलबारे जानकरी दिइने बुझिएको छ ।

यसअघि छनोटबाट उत्तर कोरियाले सहभागिता जनाउन नसक्ने भन्दै नाम फिर्ता लिएको थियो । त्यस्तै तुर्कमेनिस्तानले पनि शुक्रबार एएफसीलाई सहभगिता जनाउन नसक्ने भन्दै जानकारी दिएको छ । अब यी राष्ट्र सम्मिलित दुवै समूहमा ३-३ राष्ट्र बाँकी रहेका छन् ।

नेपालजस्तै बंगलादेशमा पनि छनोट चरणका खेल नहुने भएका छन् । एएफसीले अब न्युट्रल भेन्युमा अन्य समूह जस्तै नेपालको खेल गराउने तयारी गरिरहेको छ । ८ समूहमा प्रतिस्पर्धा हुने छनोटबाट शीर्ष टोलीहरु अन्तिम चरणमा प्रवेश गर्नेछन् ।

एएफसी एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ २०२२ मा भारतमा हुनेछ । प्रतियोगिताका लागि साविक विजेता जापान, उपविजेता अष्ट्रेलिया र तेस्रो स्थानको चीनसँगै आयोजक भारतले स्थान पक्का गरिसकेका छन् । यसपटक देखि प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले सन् १९९९ मा फिलिपिन्ससँग एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५-० को हार बेहोरेको थियो । यस्तै हङकङसँग सन् १९८६ मा १-० र १९८९ मा ३-० को हार बेहोरेको थियो । नेपालको एपीएफ महिला टोलीले भने हङकङको राष्ट्रिय टोलीलाई सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ३-१ ले पराजित गरेको थियो ।

नेपाली टोलीले हाल प्रतियोगिताको तयारीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स यसै साता प्रशिक्षणमा फर्किसकेका छन् । सुरुवाती केहि साता सहायक प्रशिक्षक अरुणा गुरुङ, चेतन घिमिरे, भगवती थापा र श्रीप्रकाश वैद्यले टोलीको प्रशिक्षण हेरेका थिए ।

समूह विभाजन :

समूह ए : चाइनिज ताइपेइ (आयोजक), बहराइन, लाओस

समूह बी : भिएतनाम, ताजिकिस्तान (आयोजकबाट फिर्ता), माल्दिभ्स, अफगानीस्तान

समूह सी : सिंगापुर, इराक, इन्डोनेसिया (आयोजकबाट फिर्ता)

समूह डी : म्यानमार (आयोजक), यूएई, गुआम, लेबानान

समूह ई : दक्षिण कोरिया, उज्बेकिस्तान (आयोजकबाट फिर्ता), मंगोलिया

समुह एफ : फिलिपिन्स, हङकङ, नेपाल (आयोजकबाट फिर्ता)

समूह जी : जोर्डन, इरान, बंगलादेश (आयोजकबाट फिर्ता)

समूह एच : थाईल्यान्ड, प्यालेस्टाइन (आयोजक), मलेसिया

आयोजकबाट फिर्ता भएका समूहको खेल न्युट्रल भेन्युमा गराउन एएफसीले यसै साता निर्णय लिनेछ 

यो पनि : सावित्राको उत्साहजनक सुधार

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.