4 years ago
August 7, 2021
एजेन्सी – लिओनल मेस्सीले आइतबार बार्सिलोना र क्लबका समर्थकसँग औपचारिक रुपमा विदाई लिने भएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत उनले बिदाइ लिनेछन् ।
नयाँ सम्झौताका लागि मेस्सी र क्लब तयार भएपनि अन्ततः क्लबको आर्थिक अवस्थाका कारण त्यो सम्भव हुन सकेन । दुवै पक्षको चाहना हुँदाहुँदै पनि निराशजनक रुपमा विदाई गर्नुपर्ने अवस्था बनेको छ । जबकी गत सिजनको अन्त्यसँगै मेस्सीले बार्सिलोना छाड्न चाहेका थिए ।
पछि क्लबसँग विवाद नबडाउनका लागि मेस्सी बस्न तयार भएका थिए । गत सिजनको अन्त्यसँग उनको सम्झौता टुंगिएको थियो । नयाँ व्यवस्थापन आएसँगै मेस्सीको सम्बन्धमा पनि सुधार आएको थियो । तर आर्थिक रुपमा निकै घाटामा रहेको बार्सिलोनाले मेस्सीलाई अनुबन्ध गर्न सक्ने अवस्था रहेन ।
सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् । पत्रकार सम्मेलनमा उनी परिवारका केहि सदस्यका साथ उपस्थित हुने बताइएको छ । आइतबार नै बार्सिलोना र युभेन्ट्सबीच हुने जोन गाम्पर ट्रफीमा मेस्सीले लाउने गरेको १० नम्बर जर्सी कसैले लगाउने छैनन् ।
यो पनि : मेस्सीबिना बार्सिलोना कस्तो होला ?
March 11, 2025
एजेन्सी – झोन दुरानको २ गोल र क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि सोमबार साउदी प्रो लिग टोली अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा पुगेको छ। अल-नासरले इरानी क्लब एस्तेग्लाललाई ३-० ले पराजित गर्यो। अर्को खेलमा कतारी क्लब अल-सद्दले अल-वसललाई पराजित गर्यो। अल-सद्दको दोहामा भएको ३-१ को जितमा अक्राम अफिफले महत्वपूर्ण भूमिका खेले, जसले फेलिक्स सान्चेजको […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् । युएएफएका प्रो– लाइसेन्स प्राप्त प्रशिक्षक ग्रेसनलाई ललितपुरले यो सिजनका लागि अनुबन्ध गरेको हो। उनले खेल जीवनमा लामो समय लेस्टर सिटी,ब्ल्याकपुल,एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उनले सन् १९९६ को इङ्लिस लिग कप जितेका […]
March 11, 2025
एजेन्सी – ब्रुनो गुइमाराएस नायक बनेपछि न्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि १-० को जित निकाल्दै युइएफए च्याम्पियन्स लिग छनोट सम्भावनालाई कायम राखेको छ । वेस्ट ह्यामको लन्डन स्टेडियममा भएको कडा प्रतिस्पर्धात्मक खेलमा कप्तान गुइमाराएसले एक मात्र गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका हुन्। यो जितले आइतबार लिभरपुल विरुद्धको इएफएल कप फाइनल अघि […]