4 years ago
August 6, 2021
एजेन्सी – क्यानडाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलतर्फको च्याम्पियन बनेको छ । उपाधि दावेदार स्वीडेनको चुनौती पेनाल्टी सुटआउटमा ३–२ ले पन्छाउँदै क्यानडाले स्वर्ण हात पारेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी तथा त्यसपछि अतिरिक्त समयमा थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा लम्बिएको थियो । टाइब्रेकरमा दुवै टोलीका खेलाडीले कमजोर प्रदर्शन गरेपनि क्यानडाले सडन डेथमा बाजी मारेको हो । रोमाञ्चक बनेको पेनाल्टीमा स्वीडेनकी कोसोभारे एस्लाएनीको पहिलो पेनाल्टी नै क्रसबारमा लाग्दै बाहिरिएको थियो । क्यानडाकी जेस्सी फ्लेमिङले गोल गरिन् ।
स्वीडेनकी नाथालि बिजोर्नले गोल गर्दा क्यानडाकी लरेन्सको प्रहारलाई स्वीडेनकी गोलरक्षक लिन्डालले बचाइन् । त्यसपछि स्काउजले गोल गर्दै स्वीडेनलाई २–१ ले अघि बढाइन् । भेनेसा गिलेसको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा स्वीडेन अघि बढेको थियो । त्यसपछि एन्भेगार्डको प्रहारलाई लावीले बचाउँदै क्यानडाको सम्भावना जीवितै राखिन् ।
त्यसपछि एड्रिएना लिओनको प्रहार पनि गोल हुन नसकेपछि खेल रोमाञ्चक बनेको थियो । सेगरको प्रहार बाहिरिदा स्वीडेन जितबाट वञ्चित बन्यो । क्यानडाकी डिएनी रोसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् । एन्डरसनको प्रहारलाई लावीले बचाउँदा क्यानडाको लागि छैटौ प्रहारमा आएकी जुलिया ग्रोस्सोले गोल गर्दै टोलीलाई ३–२ को रोमाञ्चक जितसहित स्वर्ण दिलाइन् ।
त्यसअघि जापान नेशनल स्टेडियममा शुक्रबार भएको खेलको ३४औं मिनेटमा स्टिना ब्ल्याकटेनिएसको गोलबाट स्वीडेनले अग्रता लिएको थियो । ६७औं मिनेटमा जेसी फ्लेमिङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएकी थिइन् । त्यसपछि गोल निस्कन नसक्दा खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा लम्बिएको थियो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]