default_image

3 years ago

August 6, 2021

आफैं खेल प्रस्ताव गरेको भारत भन्छ – ‘प्रक्रिया पूरा हुँदैछ’

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दिउँसो नेपाल र भारतको राष्ट्रिय टोलीले दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल आयोजना गर्ने सूचना जारी गर्यो । भाद्र १७ र २० गतेका लागि खेलको मिति तय भएको पनि लेखिएको छ ।

भारतले नेपालमा आएर पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो । तर त्यसको केहि घण्टा नबित्दै भारतले आफ्नो तर्फबाट विज्ञप्ति जारी गर्दै नेपालसँग खेल पक्का भइ नसकेको र उक्त प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । मुख्य प्रशिक्षकले खेल पक्का गर्न बाँकी रहेको कारण देखाउँदै भारतले यस्तो जानकारी दिएको हो । भारतले आफ्नो वेबसाइटमा नेपालले खेलका लागि प्रस्ताव गरेको बताएपनि एन्फाका अनुसार भने भारत आफैंले नेपाललाई खेलका लागि चिठी लेखेको हो ।

अन्य देशसँग खेल्न कोरोना संक्रमणका कारण क्वारेन्टाइन नियम रहेको र नेपालमा भने आउन पाइने हुनाले सो प्रस्ताव राखिएको थियो । एन्फाले पनि भारतको प्रस्ताव स्वीकार गर्दै मैत्रीपूर्ण खेल पक्का भएको जनायो । तर भारतले भने आफूले एसिया सँगै अफ्रीकाका अन्य राष्ट्रसँग पनि मैत्रीपूर्ण खेलका लागि प्रस्ताव पठाएको जनाएको छ ।

हाल दक्षिण एसियामा विशेषगरी भारत, नेपाल र बंगलादेशमा कोरोना संक्रमण अझै नियन्त्रणमा नआएकाले पनि खेलका लागि यात्रा गर्न कठिनाइ छ । त्यसैले पनि भारत र नेपालबीच खेलका लागि सहमति भएको थियो । तर भारतले भने नेपालसँग खेल्ने पक्का गरेर पनि अन्य राष्ट्रले प्रस्ताव स्वीकार गर्ने आशाका साथ आफ्नो तर्फबाट प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ ।

आफैंले एन्फालाई खेलका लागि प्रस्ताव गरेपनि भारतले आफ्नो वेबसाइटमा भने नेपालले मैत्रीपूर्ण खेलको प्रस्ताव राखेको जनाएको छ । एन्फाले भने आफूसँग भारतले खेलको प्रस्तावसहित पठाएको चिठी सुरक्षित रहेको जानकारी दिएको छ ।

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

Success

Thank you for your time.