default_image

3 years ago

August 6, 2021

ग्रिलिस कीर्तिमानी मुल्यमा म्यानचेस्टर सिटीमा अनुबन्धित

58 views

0 Bookmark

एजेन्सी – इंग्लिस विंगर ज्याक ग्रिलिस कीर्तिमानी मुल्यमा म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् । ग्रिलिस १ सय मिलियन पाउन्डमा एस्टन भिल्लाबाट म्यानचेस्टर सिटीमा आएका हुन् ।

बेलायती खेलाडीको लागि खर्चिएको यो सबैभन्दा बढी रकम हो । सिटीले ग्रिलिसलाई ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । अब उनी २०२७ सम्म इतिहाद स्टेडियममा रहनेछन् । २५ वर्षीय ग्रेयलिसले सिटीमा खाली रहेको १० नम्बर जर्सी लगाउनेछन् । क्लबका अर्जेन्टिनी भेट्रान फरवार्ड सर्जियो अगुएरो सिजनको अन्त्यसँगै क्याटलान क्लब बार्सिलोना पुगेका थिए ।

ग्रिलिसले वेम्बली स्टेडियममा शनिबार हुने कम्युनिटी शिल्डमा लेस्टर सिटीविरुद्धको खेलबाट सिटीबाट डेब्यु गर्ने सम्भावना छ । सिटीमा अनुबन्ध भएसँगै ग्रिलिसले आफ्नो करिअरमा नयाँ अध्यायको सुरुवात भएको बताएका छन् ।

‘सिटी इंग्ल्यान्डको उत्कृष्ट टोली हो । यहाँका प्रशिक्षक पनि विश्वस्तरीय छन् । क्लबको हिस्सा हुन पाउँदा खुसी लागेको छ,’ ग्रिलिसले भने, ‘पछिल्लो १० सिजनमा सिटीले महत्वपुर्ण उपाधि जितिसकेको छ । ग्वार्डिओलाको प्रशिक्षणमा सिटीको फुटबल माथिल्लो स्तरमा छ । पेपको लागि खेल्नु र उहाँबाट सिक्नु मेरो लागि विशेष सौभाग्य हो । यो केही शीर्ष फुटबलरको चाहना हो । उनी अद्भुत छन् ।’

सिटीले गत सिजन रुबेन डियासलाई ६२ मिलियन पाउन्डमा पोर्चुगिज क्लब बेन्फिकाबाट अनुबन्ध गरेको थियो । सन् २०१६ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले फ्रान्सेली मिडफिल्डर पउल पोग्वालाई ८९ मिलियन पाउन्ड खर्चिएको थियो । जुन बेलायती क्लबले खर्चेको सबैभन्दा बढी मुल्य थियो ।

ग्रिलिस ६ वर्षको उमेरदेखि एस्टन भिल्लामा आबद्ध भएका थिए । गत सेप्टेम्बरमा ग्रिलिसले भिल्लासँग सन् २०२५ सम्मको सम्झौता नविकरण गरेका थिए । तर राम्रो प्रस्ताव आएपछि भिल्लाले ग्रिलिसलाई बेच्न तयार भएको हो । ग्रिलिसले सन् २०१३ मा भिल्लाको सिनियर टोलीबाट खेलेका थिए । एक खेलपछि उनी लोनमा लिग वान क्लब नट्स काउन्टीमा पुगेका थिए ।

ग्रिलिसले भिल्लाबाट ७ सिजन खेल्दा २ सय १३ खेलमा ३२ गोल गरेका छन् । रिपब्लिक अफ आयरल्यान्डबाट उमेर समूहमा खेलेका ग्रिलिसले २०१६ मा इंग्ल्यान्डबाट खेल्ने निर्णय गरेका थिए । इंग्ल्यान्डको यु–२१ बाट खेलेका ग्रिलिसले २०२० देखि राष्ट्रिय टोलीमा स्थान बनाउँदा १२ क्याप जितेका छन् । उनी युरो २०२० को टोलीमा पनि थिए ।

July 2, 2024

युरोका अन्तिम दुई प्रिक्वाटरफाइनल आज 

एजेन्सी – यूरो कप २०२४ का अन्तिम दुई प्रिक्वाटरफाइनल खेलहरु आज हुँदै छन् । दिनको पहिलो खेलमा आज नेपाली समय अनुसार बेलुका ९:४५ बजे म्युनिखमा नेदरल्यान्ड्स र रोमानिया भिड्दै छन् । रोमानिया बेल्जियमलाई उछिन्दै समूह ई को विजेता बनेको थियो । समूहमा सबै टोलीको समान ४ अंक भएपनि रोमानिया गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहेको थियो […]

July 2, 2024

अमेरिका घरेलु कोपा अमेरिकाको समूह चरणबाट बाहिरियो

एजेन्सी – आयोजक अमेरिका कोपा अमेरिका २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा उरुग्वे विरुद्ध पराजय भोगेसँग अमेरिका समूह चरणबाटै बाहिरिएको हो । अमेरिकालाई पराजित गर्न उरुग्वेका लागि माथियस ओलिभिएराले ६६औं मिनेटमा खेलको एकमात्र गोल गरे । समूह सि का अन्तिम दुई खेल अघि अमेरिकाको र पानामाको ३-३ अंक हुँदा उरुग्वेको […]

July 2, 2024

कोस्टाले ३ पेनाल्टी बचाउँदा पोर्चुगल क्वाटरफाइनलमा

एजेन्सी – गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४को क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी […]

Success

Thank you for your time.