4 years ago
August 6, 2021
एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएसँगै उनको भविष्यबारे टिका टिप्पणी हुन थालेको छ । दुवै पक्ष सम्झौताको लागि सहमत भएपनि ला लिगाको नियम अनुसार उक्त सम्झौता लागु हुन नसक्ने भएपछि मेस्सी क्लब छाड्न बाध्य भएका थिए ।
क्याटलान क्लबमा १७ वर्ष बिताएका मेस्सीका लागि अबको गन्तव्य कता भन्ने प्रष्ट भइसकेको छैन । उनको माग अनुसार सम्झौता गर्न सक्ने केहि सिमित क्लब मात्र रहेका छन् । मेस्सी ती क्लबसँग सहमतिमा आउन सक्ने वा नसक्ने भन्ने केहि समयमा थाहा हुने नै छ । वर्तमान अवस्थामा मेस्सीको गन्तव्य बन्न सक्ने क्लब यस्ता छन् :
पेरिस सेन्ट जर्मेन (पिएसजी)
पिएसजीले गत सिजन मेस्सीको सम्झौता सकिने बितिक्कै उनलाई सम्पर्क गरेको थियो । तर त्यसबेला बार्सिलोनामै रहने मनसाय बनाएका मेस्सीले कोपा अमेरिकामा ध्यान दिने भन्दै कुनै छलफल अघि बढाएनन् । च्याम्पियन्स लिग जित्ने महत्त्वकांक्षा बोकेको पिएसजीले मेस्सीलाई भित्र्याउन सक्दो प्रयास गर्नेछ ।
मेस्सी पिएसजी गएको अवस्थामा नेयमार र एम्बापपेसँग उनको बलियो साझेदारी बन्नेछ । नेयमार र मेस्सीबीच मैदानबाहिर पनि राम्रो सम्बन्ध रहेको छ । बार्सिलोनामा सँगै खेलेका यी खेलाडी केहि दिन अघि पिएसजीकै केहि खेलाडीसँग छुट्टीमा देखिएका थिए । पिएसजीको आवश्यकता र आर्थिक अवस्थाले पनि मेस्सीको लागि फ्रान्स राम्रो गन्तव्य बन्न सक्छ ।
म्यानचेस्टर सिटी
पेप गुआर्डीओला म्यानचेस्टर सिटीको प्रशिक्षक रहँदा मेस्सीले आफ्नो करिअरको सर्वाधिक सफल समय व्यतित गरेका थिए । गुआर्डीओला आफैंले पनि सार्वजनिक रुपमा नै मेस्सीको प्रशंसा गर्दै आएका छन् । सिटी आर्थिक अवस्थामा निकै बलियो छ र मेस्सीलाई प्रिमियर लिगमा भित्र्याउन हैसियत राख्दछ ।
विहीबार मात्र ज्याक ग्रिलिसलाई एस्टन भिल्लाबाट १ सय मिलियन पाउण्डमा अनुबन्ध गरेको सिटीको नजर इंग्ल्यान्डका कप्तान ह्यारी केनमा छ । केनलाई भित्र्याउन टोटेनहमले १ सय ५० मिलियन पाउण्ड माग गरिरहेको छ । मेस्सी उपलब्ध भएको अवस्थामा सिटीले केनलाई छोडेर अर्जेन्टिनी फरवार्डतर्फ ध्यान दिने देखिन्छ ।
मेजर लिग सकर
मेस्सीले आफ्नो करिअरको कुनै समयमा अमेरिकी लिग खेल्ने आँकलन गरिएको छ । इन्टर मायमीका सह-मालिक जोर्गे मासले मेस्सीले एकदिन लिग खेल्नेमा आफू सकारात्मक रहेको बताएका थिए । तर उनले अहिले नै एमएलएस खेल्ने सम्भावना भने कम छ ।
व्यक्तिगत रुपमा राम्रो लयमा रहेका उनी केहि सिजन युरोपमा नै बिताउन चाहन्छन् । च्याम्पियन्स लिग जित्ने लक्ष्य राखेका उनले अमेरिकी क्लबमा भने केहि वर्षपछि जानेछन् । अहिलेको अवस्थामा आर्थिक हिसाबले पनि क्लबहरु उनलाई अनुबन्ध गर्न सक्ने देखिदैन ।
नेवेल्स ओल्ड ब्वाइज
मेस्सीले आफ्नो करिअरको अन्त्यमा बाल्यकालको क्लब नेवेल्स ओल्ड ब्वाइज जाने बताएका थिए । तर अहिले नै अर्जेन्टिना फर्कने सम्भावना भने देखिदैन । जुनमा मेस्सीको सम्झौता समाप्त भएपछि क्लबले उनको अवस्थाबारे चासो भने राखेको थियो । सन् २००१ मा नेवेल्सबाट बार्सिलोना आएका मेस्सी यस क्लबमा फर्कन अझै केहि वर्ष कुर्नुपर्ने देखिन्छ ।
बार्सिलोनामै बस्ने सम्भावना जीवित
मेस्सी र बार्सिलोनाले विज्ञप्तिमा जनाए अनुसार ला लिगाको कारण सम्झौता हुन नसकेको हो । दुवै पक्षबीच सहमति बनेको छ तर लिगको नियमले त्यसलाई मान्यता दिदैन । ला लिगाले पनि मेस्सीलाई अन्यत्र गएको हेर्न चाहँदैन । यसैपनि लिगको चर्चा केहि कमजोर भइरहेको अवस्थामा मेस्सीको प्रस्थानले लिगकै प्रायोजनमा असर गर्नेछ ।
ला लिगामा पछिल्लो पटक अमेरिकी कम्पनिले ल्याएको लगानीको विषयमा पनि क्लबहरुले सहमति जनाएका छैनन् । यसकारण पनि लिगले अब केहि पछि हट्नुपर्ने अवस्था हुन सक्छ । रियल र बार्सिलोना दुवैले लिगलाई दोष देखाउँदै विज्ञप्ति जारी गरेका छन् । यसले लिगको आर्थिक पाटोमा झन् असर गर्ने देखिन्छ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]