8 years ago
November 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – गोलरहित बराबरी खेल्दै नेपालले एएफसी सोलिडारिटी कपको यात्रा सुरु गरेको छ । मलेसियाको कुचिङ जारी प्रतियोगितामा शनिबार साँझ भएको खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको हो ।
खेलमा राम्रो पकड जमाउन सफल नेपालको प्रहार दुइ पटक पोस्टमा ठोक्कियो । पहिले नवयुगको बक्स बाहिरबाटको सानदार प्रहार पोस्टमा लाग्दा नेपालले ४७ मिनेटमा अग्रता लिन सकेन । त्यस्तै ७१ मिनेटमा अनन्त तामङको हेडर क्रसबारमा लाग्दा नेपालले अर्को मौका चुकायो । नेपालले खेलमा कैयौ मौकाहरु सिर्जना गरेपनी फितलो प्रहार गर्दै थुप्रै मौकाहरु गुमाउदै अंक बाड्न बाध्य भयो ।
अब नेपालले समूहको अन्तिम खेल ब्रुनाईसँग मंगलबार खेल्नेछ । पहिलो खेलमा टिमोर लेस्टेलाई ४–० ले हराएको ब्रुनाई शनिबारको नतिजासँग सेमिफाइनल पुगेको छ ।
अब नेपाल र टिमोर लेस्टेमध्ये एउटा टोली सेमिफाइनल पुग्नेछ । त्यसका लागि मंगलबार हुने नेपाल र बु्रनाईको नतिजासम्म कुर्नुपर्ने हुन्छ । त्यो खेलमा नेपाल पराजित भएमा गोलअन्तरका आधारमा अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्नेछ ।
दोस्रो हाफमा नेपालले केही मौका पाउनका वावजुद गोल गर्न सकेन । ६८ औं मिनेटमा अन्जन विष्टलेको क्रसमा अनन्त तामाङ हेड क्रस बारमा ठोक्कियो । त्यस्तै ८१ औं मिनेटमा भरत खवासको प्रहार पोस्टको अलिक टाढाबाट बाहिरिएको थियो ।
पाँच बर्षअघि विश्वकप छनोटमा टिमोर लेस्टेविरुद्ध २–१ र ५–० को नतिजा निकालेको नेपाल यसपटक भने कमजोर देखिएको थियो ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]