default_image

4 years ago

August 3, 2021

एसेन्सियोको गोलसँगै स्पेन फाइनलमा

154 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका विंगर मार्को एसेन्सियोको गोलमा स्पेन यू-२३ ले टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फ फाइनलमा स्थान पक्का गरेको छ ।

स्पेनले अतिरिक्त समयमा लम्बिएको खेलमा घरेलु टोली जापान यू-२३ लाई १-० ले पराजित गर्दै ब्राजिलसँग स्वर्ण पदकको भिडन्त पक्का गरेको हो । त्यसअघि ब्राजिलले टाइब्रेकरमा मेक्सिकोलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित भएपछि ब्राजिलले टाइब्रेकरमा ४-१ को जित दर्ता गरेको थियो ।

स्पेन र जापानबीच निकै प्रतिस्पर्धात्मक खेलपनि टाइब्रेकरतर्फ उन्मुख हुँदा एसेन्सियोले गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयको ५ मिनेट समय बाँकी हुँदा एसेन्सियोले विजयी गोल गरे । उनले मिकेल ओयाराज्बलको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

त्यसअघि मंगलबार नै भएको अर्को सेमिफाइनलमा मेक्सिको यू-२३ लाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै ब्राजिल यू-२३ ले स्वर्ण पदकको भिडन्तमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समय पनि गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिकोले भने सुरुवाती दुई प्रहारमा गोल गर्न सकेन ।

ब्राजिलका लागि कप्तान ड्यानी आल्भेसले पहिलो प्रहार नै गोलमा परिणत गरेका थिए । त्यसपछि मेक्सिकोका एडुआर्डो अगिएरको प्रहार गोलरक्षक अबेर्दार सान्तोसले विफल पारे । ब्राजिलका ग्याब्रिएल मार्टिनेलीले दोस्रो प्रहारमा गोल गर्दा जोहान भास्केजको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।

त्यसपछि ब्रुनो गुइमारेसले गोल गर्दै ब्राजिललाई जितको संघारमा पुर्याए । मेक्सिकोका कार्लोस रोड्रीग्वेजको प्रहार गोल भएपनि त्यसपछि रेनिएरले गोल गर्दै ब्राजिललाई फाइनलसम्म पुर्याए । ब्राजिल अघिल्लो संस्करणमा घरेलु मैदानमा जितेको पदक रक्षा गर्ने धुनमा छ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.