default_image

4 years ago

August 3, 2021

श्रेष्ठ थ्री स्टारको मुख्य प्रशिक्षक

386 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको रुस्लान थ्री स्टार क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले मंगलबार उनलाई मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक गरेको हो ।

मुख्य प्रशिक्षक मेघराज केसीले क्लब छाडेपछि थ्री स्टारले गत चैतमा श्रेष्ठलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । श्रेष्ठले गत संस्करणको लिगमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को प्रशिक्षण सम्हालेका थिए ।

अब उनले आसन्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगका लागि थ्री स्टारको प्रशिक्षण सम्हाल्नेछन् । उनले यसअघि मोफसलको दुई गोल्डकपमा थ्री स्टारको प्रशिक्षण सम्हालेका थिए । उनी थ्री स्टारका पुर्व खेलाडीसमेत हुन् ।

उनकै प्रशिक्षणमा थ्री स्टारले गत अप्रिलमा मकवानपुरमा आयोजना भएको चौथो संस्करणको बागमती गोल्डकपको च्याम्पियन बनेको थियो । उनी गोल्डकपको सर्वाेत्कृष्ट प्रशिक्षक समेत चुनिएका थिए ।

‘थ्री स्टारमा खेलाडीको रुपमा मैले दुईपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको छु । म थ्री स्टारको एक प्रशिक्षकको रुपमा मेरो लागि तेस्रो लिगको उपाधि जित्न चहान्छु ।’ थ्री स्टारमा आबद्ध भएपछि प्रशिक्षक उर्जनले भने, ‘टिम राम्रो बनेको छ । अनुभवी र युवा खेलाडीको साथ छ । मलाई मेरो खेलाडीप्रति पुर्ण विश्वास छ । हामी लिगका लागि दावेदार छौं । फरक भुमिकामा तेस्रोपटक लिग च्याम्पियन बन्ने चाहना छ ।’

थ्री स्टारले नयाँ सिजनको लिगका लागि मिडफिल्डर आयुष घलान र डोना थापालाई अनुबन्ध गरिसकेको छ । थ्री स्टार क्लबका पुराना खेलाडीको सम्झौता नविकरण गर्ने र केही नयाँ खेलाडी अनुबन्धको दौडमा रहेको छ ।

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

April 10, 2025

पहिलो हाफमा ललितपुरलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]

Success

Thank you for your time.