default_image

8 years ago

November 5, 2016

प्राबिधिक दृष्‍टिमा नेपाल के ? भुटान भन्दा तल – सिक्ने कहिले ?

126 views

0 Bookmark

बिक्रम आचार्य

bikram acharyaकतिपय अवस्थाहरु भावनात्मक पनि हुन्छन , कतै यथार्थका उठान गर्दा कहीकतै चोट पर्छ भन्ने मानसिकताले सताउछ , नेपाली फुटबल र पङतिकारको मानसिक जुधाइले पटक पटक कलम बिसाउनु अर्को यथार्थ हो । आज केही घण्टा पछाडि नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियामा सोलीडारिटी कपको पहिलो खेलमा टिमोर लेस्टे सँग प्रतिस्पर्धा गर्दैछ । नेपाली फुटबल टिमलाई प्रतियोगिता नै जितोश भन्ने शुभकामना ।

भावनाको आँखा बाट नेपाली फुटबललाई हेर्ने हो भने , यसपाली नेपाली फुटबल आफ्नो हैसियतको रङमन्चमा मज्जैले उदायो तर फुटबल भावनाको खेल भन्दा बढी प्राबिधिक खेल हो । नेपालले गएको साफ च्याम्पियन सिप अघी खेल मिलेमतोको चर्चित घटनामा आफ्नो तत्कालिन कप्तान सागर थापा सहित भरपर्दा र अनुभवी खेलाडी गुमायो , झन्डै दुई दसक नेपाली फुटबलको शासनसत्तामा हावी रहेका गणेश थापालाई फिफाले माथि बाटै बिदा गर्‍यो । साफ च्याम्पियनसिपमा नेपाली फुटबलले उच्चस्तरका प्रसिक्षक प्याट्रिक ओजेम्सको साथ पाएको भएनी बिर्सनलायक नतिजा आत्मसाथ गर्‍यो , तत्कालिन कप्तान अनिल गुरुङ सहित केही पुराना अनुहारलाई काठमान्डौमा छोडेर बालगोपाल महर्जन युवा टोली लिएर ढाका पुगे , प्राबिधिक तवरमा खास अर्थ नराख्ने बङबन्धु कपको उपाधी नेपालले जित्यो , युवा टोलीनै भए पनि राष्ट्रिय टिम भनी दर्ता गरेकोले नेपालले २३ बर्ष पछी अन्तररास्ट्रिय उपाधी जित्यो , त्यस प्रतियोगितामा चम्केका नवयुग श्रेष्ठको अन्तरराष्ट्रिय गोल सन्ख्या कती भनेर खोज्ने होNepal Red भने पनि , त्यसले प्रमाण स्वरुप काम गर्छ – उक्त प्रतियोगिता फुटबलको विश्वब्यापी आधीकारीक मान्यता भित्रको अर्थमा कहाँ आउछ ?

बङबन्धुको चर्चा यती भयो , जसले आडम्बरिता र एन्फाले जनता झुक्याउने मेलो पायो , तर त्यस्को यथार्थको पर्दा भित्रबाट सिक्न चाहेन । बद्लिन्छ कि भन्ने आसा हरुमा तुसारापात लागे बल्ल कलम उठ्यो । लगतै नेपाली टिम लिएर राजु काजी शाक्य गुवाहटी पुगे , राजनैतीक सरगर्मीले बदलेको नेपाल -भारत मनोभावना र अझ परम्परागत कारकले काम गर्ने ठाउँमा सागको उपाधी नेपालले जित्यो । भारतको टिमले नेपाली टोलीलाई ठुलो टक्कर दियो , प्रकाश बुढाथोकीको टर्न ओभरले नेपालले फाइनल जित्यो , यु -२३ भिडन्त हरुले प्राबिधिक आँखामा खास अर्थ राख्दैनन , तथापी हाम्रो भारत बिरोधी राष्ट्रिय तर्कमा भने “हाम्रो फुटबल भारत भन्दा माथि भयो ” । ठुलै उत्सब आयो , दुई चार दिन हामी नाच्नु नाच्यौ , तर फेरी केही सिक्ने कोशीस गरेनौ – हामीलाई पुग्यो ।

राष्ट्रिय समाचार संस्थाहरुले जनतामा खास अर्थ बुझाउन सकेनन , सागको उपाधीलाई साफको उपाधी जसरी बढोत्तरी गरियो ।

कार्यबाहक रहेका नरेन्द्र श्रेष्ठले न आफुले बोलेको पुर्याए , न त्यस्को आधापनी काम गरे । फिफा र एएफसीका बैठक हरुमा जान बाहेक नेपालले आफ्नो फुटबलिय अन्तरराष्ट्रिय सम्बन्ध कायम गर्न सकेन त्यस्को सोझो प्रमाण हो , नेपालले साग र आजको अवधी सम्म खेलेका मैत्रीपूर्ण खेल । मलेसियाको राष्ट्रिय टिम सँग खेल्ने भनिएको खेल यु -२३ सँग खेलेर टार्यो , संचारमाध्यममा अर्को महिना भन्दै फुटबल प्रसन्सक झुक्याइरहे सिइओ ईन्द्रमान तुलाधार । बिभिन्न स्थानिय गोल्डकपले नेपाली फुटबलको समय धान्दिन्दा , सातदोबाटोको सेतो घर भने भोटको गिन्तीमा लागिरह्यो , अर्को पक्ष पनि खासै रचनात्मक तरिकाले उठ्न सकेन । समान धारबाट हेर्दा लाओस सँग नेपालले मैत्रीपूर्ण खेल खेल्यो ।

सोलीडारिटी कप :

सान्त्वना अर्थात नेपाल लगायतका केही कमजोर राष्ट्रहरुलाई समेटेर एएफसीले न हिजो न भोली गर्न सक्ने प्रतियोगिता खेलाएको हो । नेपाल , पाकिस्तान , मङोलिया , ब्रुनाइ , श्रीलन्का , लाओस , बङ्लादेश र टिमोर लेस्टेलाई यो प्रतियोगिता खेल्ने परिस्थिती आइलागेको हो । केही बर्ष अघी दक्षिण एसियाको सबैभन्दा कमजोर फुटबल राष्ट्र भुटानलाई यि अन्य राष्ट्र जस्तो सान्त्वना कप खेल्ने परिस्थिती आएन , उ भारत र माल्दिभ्स सहित एसिया कपको तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछ , जसमा एसियाका २४ राष्ट्र छन , प्राबिधिक दृष्‍टिले नेपाल भुटान भन्दा कमजोर बनेको प्रमाण हो यो । यती मात्र होइन कमजोर भित्र बाट पनि बङ्लादेश ( जस्ले एसियाकपको तेस्रो चरणको लागि भएको प्ले अफमा भुटान सँग हारेको थियो ) उशले आफ्नो नाम झिकीसकेको छ भने आन्तरिक बिबाद भन्दै पाकिस्तान पनि मलेसिया गएन ।

२०११ मा काठमान्डौमा ब्याबसायिक खेलाडी भन्दा बढी सदस्य हरु फरक पेसामा रहेको टिमोर लेस्टे नेपाल सँग २-१ र ५-० ले हार्दै फर्केको थियो त्यस्को दाजोमा उशले फड्को मारेका छ , टिमोर लेस्टे नेपालका लागि कस्तो भएछ – आज परिक्ष। पनि हो ।

हामीले सोलीडारिटी कप खेल्दैछौ , जित्नु त सकारात्मक कुरा हो – तर निकै कमजोर प्रतियोगिता जितेर फेरी पनि उत्सब गर्दै केही नसिक्दै , केही नसुधार्ने हो भने हाम्रा लागि सपनाको खेती मात्र बन्नेछन महादेसिय प्रतियोगिता हरु । सानो कुरालाई सानो नठानेर ठुलो ठान्ने प्रब्रितीले भावनात्मक रुपमा फुटबलको सम्रिद्धी देखिएला ,तर वास्तविकताको धरातलमा नेपालको फिफा र्यान्किङ र एसियामा कहाँ नेरको उपस्थिती भन्ने कुराले कमजोरीलाई प्रस्ट पार्छ । जित्न त जितियो , कसलाई जितियो – त्यसले कसरी अर्थ राख्छ भन्ने ज्ञानलाई भन्दा आहै !! जितियो भनेर नाच्ने प्रब्रितीलाई नेपाली समाज , संचार जगत र स्वयम नियमन निकाय एन्फाले बढवा दिनुले पनि नेपाली फुटबलले प्रगतीको परिवर्तनलाई आत्मसाथ गर्न नसकेको हो ।

यसपाली बुझेर अघी बढौ , जादा जादै एन्फालाई सोध्न मनलाग्यो ?? साँच्चि लिग चाँही कहिले हुन्छ ?

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.