4 years ago
August 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसहित दुई संचारकर्मीमाथि छानविनको माग गरेका थिए । उनले बैठकको अघिल्लो दिन विहीबार एन्फासमक्ष दिएको निवेदन अघिल्लो विहीबार भएको घटना र त्यसबारे आफ्नो भनाइसहित छानविनको माग गरेका छन् ।
निवेदनमा उल्लेख गरेअनुसार प्रशिक्षक अलमुताइरीले विहीबार आफूलाई दुई व्यक्तिले आफू संचारकर्मी भएको दावी गर्दै आफूलाई अवान्छनीय ढंगले दुख दिएको बताएका छन् । उनले उक्त घटनापछि लगातार आफ्नो प्रतिष्ठा र विश्वासमा आघात पुग्नेगरि समाचार लेखेको विवरण प्रस्तुत गरेका छन् ।
दुई व्यक्तिले लगातार एकपक्षीय रुपमा एसियाली फुटबल र नेपाली समर्थकमाझ आफ्नो छवी धुमिल्याउने प्रयास गरेको अलमुताइरीको दावी छ । उनले आफ्नो व्यक्तिगत स्वतन्त्रताको हनन गर्दै दुई जनाले निजी विषयमा दखल दिएको बताएका छन् । अलमुताइरीले एन्फाले यस विषयमा आफ्नो धारणा राख्ने आशाका साथ आफू शान्त रहेपनि ठिक विपरित रहेको लेखेका छन् ।
उनले एन्फाकै जिम्मेवार पदाधिकारीले यस घटनामा संलग्न रहेको आरोप लगाएका छन् । उनले निवेदनमा आफूसँग उक्त भिडियो रहेको भन्दै त्यस भिडियो उपलब्ध रहेको जनाएका छन् । सँगसँगै उनले ती पदाधिकारीले आफूसँग यसबारे छलफल नगरेर उल्टै सामाजिक संजालमा यस घटनामा संलग्न दुई संचारकर्मीको साथ दिएकोमा अन्याय भएको लेखेका छन् ।
उनले आफू एक व्यावसायिक फुटबल प्रशिक्षकको नाताले आफ्नो पेशामै प्रश्न उठेको र यसबारे शान्त रहन नसकेको बताए । उनले आफू प्रशिक्षक भएर आएदेखि नै एन्फाका पदाधिकारी र कर्मचारीलाई सम्मान गर्दै आएको पनि लेखेका छन् । उनले यस घटनामा एन्फाबाट आफूले साथ पाउने आशा गरेकोमा वरिष्ठ उपाध्यक्षले फेसबुकमा उनीविरुद्ध लेखिएको फेसबुक पोस्टलाई साथ दिएको जिकिर गरेका छन् ।
अलमुताइरीले यस घटनामा वरिष्ठ उपाध्यक्ष संलग्न रहेकाले एन्फासँग उनको व्यावसायिक सम्बन्ध सुरक्षित नभएको शंका पनि गरेका छन् । उनले वरिष्ठ उपाध्यक्षले गरेको कार्य अपमानजनक रहेको जनाउँदै यसले फिफाको कोड अफ एथिक्स र एएफसीको कोड अफ कन्डक्ट पनि उल्लङ्घन गरेको जनाएका छन् ।
उनले आफ्नो निवेदनमा निम्नानुसार छानविन हुनुपर्ने बताएका छन् :
१. उक्त घटनाबारे सरकारी निकायबाट छानविन हुनुपर्ने र उक्त रिपोर्ट सार्वजनिक गरिनुपर्ने
२. फिफा र एएफसीको छानविन समितिमा आफूले दर्ता गराएको छानविनको माग निवेदन उपलब्ध गराएको सबुतसहित प्रस्तुत गर्नुपर्ने
३. एन्फाले आफूविरुद्ध दुई जनाले गरेको अपमानजनक घटना र त्यसपछि लेखिएको निराधार लेखबारे आधिकारीक धारणा राख्नुपर्ने
प्रशिक्षक अलमुताइरीले एन्फाकै आग्रहअनुसार आफूले अधिकारिक राजीनामा स्थगित गरेको र अगस्ट १०, २०२१ सम्म उनको माग पूरा नभए राजीनामाको प्रक्रिया पूरा गरेर देश छाड्ने बताएका छन् ।
प्रशिक्षक अलमुताइरीले निवेदनसँगै घटनासँग सम्बन्धित प्रमाणहरु बुझाएको पत्रमा उल्लेख गरेका छन् ।
यस्तो छ अलमुताइरीले बुझाएको निवेदन :
February 6, 2025
हिमाल खरेल,भद्रपुर सौर्य एअर ओम साई पाथिभरा दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ गम्भीर राई स्मृति संस्करणको खेल तालिका सार्वजनिक भएको छ । फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्डकपले बिहीवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक भद्रपुर झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा टिम सम्पर्क एवम व्यवस्थापन उपसमितिका संयोजक आदित्य पराजुलीका अनुसार […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]