4 years ago
July 31, 2021
एजेन्सी – उपाधि दावेदार ब्राजिल र मेक्सिको टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले इजिप्टमाथि १–० को झिनो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
ब्राजिलको जितमा म्याथिएस कुन्हाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३७औं मिनेटमा रिचार्लीसनको पासा गोल गरेका थिए । साइतामा स्टेडियममा शनिबार भएको खेलमा बल पोसेसनमा बलियो पकड बनाएपनि ब्राजिलले थप गोल भने गर्न सकेन ।
अब ब्राजिलले सेमिफाइनलमा मेक्सिकोसँग खेल्नेछ । मेक्सिकोले दक्षिण कोरियामाथि ६–३ को जित निकाल्दै अन्तिमा चारमा स्थान पक्का गरेको छ । शनिबार भएको क्वाटरफाइनलमा मेक्सिकोको जितमा हेनरी मार्टिन र फ्रान्सिस्को कोर्डाेभाले समान २ तथा लुइस रोमो र इडुआर्डाे एगुइरेले समान एक गोल गरे ।
कोरियाका दोङ कियोङ लिले दुई तथा उइ जो ह्वाङले एक गोल फर्काए । मेक्सिकोले पहिलो हाफमा ३–१ को अग्रता लिदा दोस्रो हाफमा थप ३ गोल गर्दा २ गोल खाएको थियो ।
सेमिफाइनल ३ अगस्टमा हुनेछ । अर्काे सेमिफाइनलमा सोही दिन जापान र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । जापानले न्युजिल्यान्डलाई पेनाल्टी सुटआउटमा ४–२ ले तथा स्पेनले आइभोरी कोस्टलाई अतिरिक्त समयमा ५–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]