4 years ago
July 31, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा स्वर्ण पदकका दुई दावेदार स्पेन र जापान भिड्ने भएका छन् । आइतबार दुवै टोलीले क्वाटरफाइनलमा जित हासिल गर्दै अन्तिम चारमा भिडन्त पक्का गरे ।
आयोजक जापानले न्युजिल्यान्डलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित ९० मिनेट र त्यसपछि अतिरिक्त समयमा पनि दुवै पक्षबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो । न्युजिल्यान्डका लागि दोस्रो प्रहारमा लिबेरतो ककासे र क्लेटन लेविस लगातार चुकेका थिए ।
त्यसअघि अतिरिक्त समयमा २-२ को बराबरी खेलेको स्पेनले आइभोरी कोस्टलाई ५-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो । हारको संघारमा पुगेका स्पेनका लागि वैकल्पिक फरवार्ड राफा मिरले इन्ज्युरी समयमा बराबरी गोल गरेपछि अतिरिक्त समयमा ह्याट्रिक पूरा गरे ।
आइभोरी कोस्टले दोस्रो हाफको इन्ज्युरी समयसहित खेलमा दुई पटक अग्रता लिएपनि जित हासिल गर्न भने सकेन । खेलको दशौं मिनेटमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर एरिक बेलीले गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाएका थिए । उनले कप्तान म्याक्स ग्रेडलको कर्नरलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए ।
३० औं मिनेटमा स्पेनले बराबरी गोल फर्कायो । जुआन मिरान्डाको क्रसमा डिफेन्डर र गोलरक्षकबीच समन्वय हुन नसक्दा ६ यार्ड बक्स भित्रबाट ड्यानी ओल्मोले सहजै गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोलको लागि प्रयास गरेपनि इन्ज्युरी समयसम्म कुर्नुपरेको थियो । बल पोसेसनमा पकड जमाएको स्पेनविरुद्ध इन्ज्युरी समयको पहिलो मिनेटमा आइभोरी कोस्टले अग्रता लिएको थियो ।
काउन्टर अट्याकमा अघि बढेको अफ्रिकी टोलीका लागि कप्तान ग्रेडलले गोल गर्दै जितको संघारमा पुर्याएका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक उनाइ सिमोनले गम्भीर गल्ति गरेपछि गोल भएको थियो । तर त्यसको दुई मिनेटमा नै स्पेनले बराबरी गोल फर्कायो । फेरीपनि डिफेन्डर र गोलरक्षकको समन्वय हुन नसक्दा ६ यार्ड बक्स भित्रबाट वैकल्पिक फरवार्ड राफा मिरले बराबरी गोल गरेका थिए ।
अतिरिक्त समयको ९६ औं मिनेटमा स्पेनले अग्रता लिने सुवर्ण अवसर पायो । बेलीले पेनाल्टी क्षेत्रभित्र हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा मिकेल ओयाराज्बलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।
खेलको अन्तिम ३ मिनेटमा मिरले लगातार दुई गोल गर्दै स्पेनलाई ५-२ को जित दिलाए । उनले १ सय १७ औं मिनेटमा ओल्मोको पासलाई गोलमा परिणत गरे । निकै आक्रामक देखिएको अफ्रिकी टोलीविरुद्ध अतिरिक्त समयमा ओयाराज्बलको पासमा गोल गर्दै मिरले जित पक्का गरे ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]