default_image

4 years ago

July 31, 2021

स्पेन ओलम्पिक फुटबलको सेमिफाइनलमा

131 views

0 Bookmark

एजेन्सी – जापानमा जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत स्पेनको यू-२३ टोलीले पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । अतिरिक्त समयमा २-२ को बराबरी खेलेको स्पेनले आइभोरी कोस्टलाई ५-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । हारको संघारमा पुगेका स्पेनका लागि वैकल्पिक फरवार्ड राफा मिरले इन्ज्युरी समयमा बराबरी गोल गरेपछि अतिरिक्त समयमा ह्याट्रिक पूरा गरे ।

आइभोरी कोस्टले दोस्रो हाफको इन्ज्युरी समयसहित खेलमा दुई पटक अग्रता लिएपनि जित हासिल गर्न भने सकेन । खेलको दशौं मिनेटमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर एरिक बेलीले गोल गर्दै आइभोरी कोस्टलाई अग्रता दिलाएका थिए । उनले कप्तान म्याक्स ग्रेडलको कर्नरलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए ।

३० औं मिनेटमा स्पेनले बराबरी गोल फर्कायो । जुआन मिरान्डाको क्रसमा डिफेन्डर र गोलरक्षकबीच समन्वय हुन नसक्दा ६ यार्ड बक्स भित्रबाट ड्यानी ओल्मोले सहजै गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोलको लागि प्रयास गरेपनि इन्ज्युरी समयसम्म कुर्नुपरेको थियो । बल पोसेसनमा पकड जमाएको स्पेनविरुद्ध इन्ज्युरी समयको पहिलो मिनेटमा आइभोरी कोस्टले अग्रता लिएको थियो ।

काउन्टर अट्याकमा अघि बढेको अफ्रिकी टोलीका लागि कप्तान ग्रेडलले गोल गर्दै जितको संघारमा पुर्याएका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक उनाइ सिमोनले गम्भीर गल्ति गरेपछि गोल भएको थियो । तर त्यसको दुई मिनेटमा नै स्पेनले बराबरी गोल फर्कायो । फेरीपनि डिफेन्डर र गोलरक्षकको समन्वय हुन नसक्दा ६ यार्ड बक्स भित्रबाट वैकल्पिक फरवार्ड राफा मिरले बराबरी गोल गरेका थिए ।

अतिरिक्त समयको ९६ औं मिनेटमा स्पेनले अग्रता लिने सुवर्ण अवसर पायो । बेलीले पेनाल्टी क्षेत्रभित्र हातले बल रोकेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा मिकेल ओयाराज्बलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।

खेलको अन्तिम ३ मिनेटमा मिरले लगातार दुई गोल गर्दै स्पेनलाई ५-२ को जित दिलाए । उनले १ सय १७ औं मिनेटमा ओल्मोको पासलाई गोलमा परिणत गरे । निकै आक्रामक देखिएको अफ्रिकी टोलीविरुद्ध अतिरिक्त समयमा ओयाराज्बलको पासमा गोल गर्दै मिरले जित पक्का गरे ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.