4 years ago
July 30, 2021
एजेन्सी – स्वीडेन र अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलमा सेमिफाइनलमा यात्रा तय गर्दा समूह चरणमा गोलको वर्षा नै गरेको नेदरल्यान्ड्स क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
स्वीडेनले घरेलु टोली जापानलाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । साइतामा स्टेडियममा शुक्रबार भएको खेलमा स्वीडेनको जितमा माग्डालेना एरिक्सन, स्टिना ब्ल्याकटेनिएस र कोसोभारे एस्लानीले गोल गरिन् ।
घरेलु टोलीका लागि मिना तानकाले सान्त्वना गोल फर्काए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिदा स्वीडेनले दोस्रो हाफमा दुई गोल थप्दै जित पक्का गरेको थियो ।
यस्तै क्वाटरफाइनलको अर्काे खेलमा अमेरिकाले उपाधिको बलियो दावेदार नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले स्तब्ध पार्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
निसान स्टेडियममा शुक्रबार भएको खेलको १८औं मिनेटमा जारी ओलम्पिकको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेकी भिभिएन मिडेमाले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाइन् । २८औं मिनेटमा सामन्था मेविसले बराबरी गोल फर्काइन् ।
३१औं मिनेटमा लेन विलियम्सले गोल गर्दै अमेरिकालाई २–१ ले अघि बढाइन् । ५४औं मिनेटमा भिभिएनले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समय हुदै पेनाल्टी सुटआउटमा लम्विएको थियो ।
अर्काे खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थन पक्का गरेको छ । अष्ट्रेलियाको जितमा सामान्थ खेरले दुई तथा एलान्ना केनेडी र मारी फोलेरले समान एक गोल गरिन् । इंग्ल्यान्डका लागि एलेन ह्वाइटले ह्याट्रिक पुरा गरेपनि जितको लागि पर्याप्त भएन ।
त्यसअघि ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्यानडाले अन्तिम चारमा स्थान पक्का गरेको छ । अब सेमिफाइनलमा अमेरिका र क्यानडा तथा अष्ट्रेलिया र स्वीडेनबीच २ अगस्टमा खेल हुनेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]