default_image

4 years ago

July 25, 2021

फुटबल खेलभित्रै एन्फा राजनीतिको बाछिट्टा

276 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक संजालमार्फत आइतबार राजीनामा दिने घोषणा गरेसँगै नेपाली फुटबल वृत आश्चर्यमा पर्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावको दिन नजीकिंदै जाँदा राजीनामाको क्रम एन्फाको लागि नयाँ थिएन । तर पदाधिकारीको जिम्मेवारीबाट सुरु भएको यो सुचिमा प्रशिक्षककै नाम आउला भन्ने सायदै कसैले सोचेको थियो । एन्फा पदाधिकारीबीच लामो समयदेखि चल्दै आएको शीत युद्धले यो रुप लिएपछि सबै आश्चर्यमा पर्नु स्वभाविक हो ।

प्रशिक्षक अलमुताइरी पछिल्लो समय नेपालकै सामाजिक संजालमा चर्चित पात्र मध्यमा पर्छन् । नेपाली फुटबल समर्थकमाझ प्रिय बनेका उनी आफ्नो व्यक्तिगत समय समर्थकमाझ रहेर पनि व्यतित गर्दै आएका छन् । पछिल्लो पटक राष्ट्रिय टोलीले केहि आशालाग्दो प्रदर्शन गरेपछि उनको चर्चा झनै चुलियो । उनले टोलीको हारपछि आफ्ना खेलाडीको बचाउमा दिएको अभिव्यक्तिले चौतर्फी प्रशंसा पाएको थियो ।

राष्ट्रिय टोलीको प्रशिक्षण सुरु हुँदा एन्फाले अन्य मिडियालाई प्रवेश नदिँदा अलमुताइरी आफैं नै सिधै समर्थकमाझ जोडिंदै आएका छन् । उनी पटक पटक फेसबुक लाइभमार्फत अन्तरक्रिया गर्ने गर्दछन् । यसले पनि उनलाई समर्थकमाझ थप लोकप्रिय बनाएको छ । त्यसैले पनि होला उनले आफू पद छाड्न एन्फा जाने घोषणा गरेपछि केहि समर्थक एन्फा परिसर बाहिर नै पुगेका थिए ।

प्रशिक्षक अलमुताइरीले आइतबार अकस्मात राजीनामा दिने बताउँदै एन्फा पुगेपछि त्यसबारे एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग छलफल गरे । उनले आफू तनावमा रहेको जानकारी दिए । एन्फा अध्यक्षले केहि विश्राम लिन सुझाव दिएको प्रवक्ता किरण राईले पछि संचारमाध्यमलाई जानकारी दिए । राईका अनुसार प्रशिक्षक अलमुताइरीले आफ्नो केहि आँकलन अनुसार नै वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई आरोप लगाएका हुन् । राईका अनुसार प्रशिक्षकले आधिकारिक रुपमा राजीनामा भने दिएका छैनन् ।

एन्फामा राजीनामाको क्रम नयाँ भने होइन । प्राविधिक समितिका संयोजक कृष्ण थापाले केहि दिन अघि मात्र प्रशिक्षक अलमुताइरीको सम्झौतालाई विषय बनाउँदै पद छोडेका थिए । उनले आफू संयोजक भएको नाताले सल्लाह समेत नगरी प्रशिक्षकको सम्झौता नविकरण गर्ने निर्णय भएकोमा विमति जनाउँदै समितिको संयोजक पदबाट राजीनामा दिएका हुन् ।

त्यसअघि एन्फाको होस्टेल व्यवस्थापन समितिका सदस्यले पनि राजीनामा दिएका थिए । समितिले काम गर्ने उचित वातावरण नभएको भन्दै राजीनामा दिएको थियो । केन्द्रिय सदस्य दिनेश व्यञ्जनकारको संयोजकत्वमा रहेको ३ सदस्यीय समितिका सहायक महासचिव अरुणमान जोशी र सहायक कोषाध्यक्ष राजेन्द्र न्यौपानेले पद छाडेका थिए ।

पछिल्लो समय एन्फा अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङबीच राम्रो सम्बन्ध छैन । चुनाव नजिकिंदै जाँदा दुवै पक्षका पदाधिकारी र निकट व्यक्तिबीच टकराव आउन थालेको छ । शेर्पा अध्यक्ष हुँदा एकै प्यानलमा रहेर चुनाव जितेका नेम्वाङले पटक पटक शेर्पाको कार्यशैलीमा प्रश्न उठाउँदै आएका छन् । कार्यसमिति बैठक नै नराखेको भन्दै नेम्वाङले दुई पटक बैठकको माग गर्दै पत्र नै लेखेका छन् ।

अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङकै कारण राजीनामा दिने बताइरहँदा नेम्वाङले आफू भने आश्चर्यमा परेको अभिव्यक्ति दिए । उनले यसबारे छानविन हुनुपर्ने र आफू दोषी भए पद छाड्ने बताएका छन् । नेम्वाङले प्रशिक्षकले आरोप लगाएजस्तो तीन सातायता आफ्नो प्रत्यक्ष सम्पर्क नै नरहेको दावी गरे । उनले प्रशिक्षकले केहि मिडियामा दिएको अन्तर्वार्तालाई लिएर भने एन्फा महासचिव इन्द्रमान तुलाधरलाई प्रशिक्षकसँग स्पष्टीकरण माग गरेको स्वीकारे ।

पंकज विक्रम नेम्वाङ

‘प्रशिक्षकले एउटा अन्तरवार्तामा फुटबल विकासका लागि पदाधिकारीले पनि परिवर्तन हुनुपर्छ भन्नुभएको छ । त्यो उहाँको दायरा भन्दा बाहिरको विषय हो भनेर मै महासचिवलाई कुरा गर्न भनेको थिए,’ उनले भने, ‘महासचिवले मौखिक रुपमा जानकारी गराइसकेको र आइन्दा त्यस्तो हुँदैन भनेको पनि मलाई भन्नुभएको थियो । मैले सहायक प्रशिक्षक किरण श्रेष्ठमार्फत पनि त्यहि असहमति राखेको थिए ।’

एन्फामा राजीनामा दिने क्रम चलिरहँदा प्रशिक्षकको राजीनामालाई चुनावसँग जोड्न नमिल्ने प्रवक्ता राईले बताए । उनले यसअघि सबै राजीनामा पदबाट नभएर विभिन्न समितिको जिम्मेवारीबाट मात्र भएको जनाउँदै एन्फाको शक्ति संघर्षसँग यसलाई जोड्न नमिल्ने अभिव्यक्ति दिए ।

प्रवक्ता राईले यसो भनिरहँदा एन्फाको चुनावी खेलमा भने अहिले नै भद्दा राजनीतिले स्थान लिइसकेको आँकलन गर्न सकिन्छ । राष्ट्रिय टोलीका प्रशिक्षकले नै वरिष्ठ उपाध्यक्षलाई आरोप लगाउनु सामान्य विषय होइन । प्रशिक्षकले एन्फालाई औपचारिक रुपमा जानकारी नदिई सामाजिक संजालमा लेख्दा एन्फाभित्र कार्यशैली कुन अवस्थामा छ भन्ने अनुमान गर्न सक्ने अवस्था छैन ।

एन्फाले अलमुताइरीलाई प्रशिक्षकको रुपमा कतार फुटबल संघबाट सहयोग पाएको हो । प्रो लाइसेन्स स्तरको प्रशिक्षकलाई कतारबाट पाउनु सहज पक्कै होइन । एकातर्फ फुटबल टोलीले मैदानभित्र केहि आशालाग्दो प्रदर्शन गर्नु, र अर्कोतर्फ प्रशिक्षकलाई निशानामा राख्नुले संस्थापन पक्षलाई लक्षित गरिएको हो कि भन्ने तर्क छ । तर वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूले कुनै गल्ति नगरेको बताउँदै छानविनको माग गरिरहेका छन् ।

एन्फा चुनाव आउँदै गर्दा यस्ता घटनाक्रम अझै नआउला भन्न सकिन्न । यसअघि पनि चुनावअघि एन्फामा भएका शक्ति संघर्षका उदाहरण हेर्ने हो भने लामै सुची बन्ला । तर यस्तो अवस्था सायदै थियो जहाँ राष्ट्रिय टोलीका प्रशिक्षक नै पदाधिकारीलाई आरोप लगाउँदै सार्वजनिक रुपमा अघि आएका छन् । पदाधिकारीको दाउपेचले खेलभित्र नै असर गर्नु दु:खद पक्ष हो । आरोप प्रत्यारोपमा वरिष्ठ उपाध्यक्ष नेम्वाङ वा प्रशिक्षक अलमुताइरीमध्य एक पक्षले जित्ला, तर यसले नेपाली फुटबलले भने हार बेहोर्ने देखिन्छ ।

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.