4 years ago
July 25, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगत अहिले महिला फुटबलको समूह चरणको खेल जारी छ । गोल गर्न त्यति सहज हुदैन । तर ब्राजिल, नेदरल्यान्ड्स, चीन र जाम्विया रहेको समूह ‘एफ’ का खेलमा भने गोलको वर्षा नै भएको छ ।
टोकियो ओलम्पिकको समूह ‘एफ’ को समूह चरणको चार खेलमा ब्राजिल, नेदरल्यान्ड्स, चीन र जाम्वियाले ३२ गोल गरेका छन् । बुधबार भएको समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले जाम्वियामाथि १०–३ को सानदार जित निकालेको थियो ।
यस खेलमा डच टोलीकी लागि भिभिएनी मिडेमाले ह्याट्रिकसहित चार गोल गर्दा जाम्वियाकी बारब्रा वान्डाले ह्याट्रिक पुरा गरेकी थिइन् । सोही दिन नै ब्राजिलले चीनमाथि ५–० को फराकिलो जित हात पारेको थियो । यस खेलमा ब्राजिली कप्तान मार्टाले दुई गोल गरेकी थिइन् ।
शनिबार भएको समुह चरणको दोस्रो राउन्डमा पनि गोलको वर्षा नै भएको थियो । तर, दुवै खेल बराबरीमा टुंगिएको थियो । चीन र जाम्वियाले ४–४ गोलको रोमाञ्चक बराबरी खेल्दा ब्राजिल र नेदरल्यान्ड्सले पनि ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।
चीनका लागि सुआङ वाङ एक्लैले चार गोल गरिन् । जाम्वियाका लागि बारब्रा वान्डाले ह्याट्रिक पुरा गरिन् । ओलम्पिकमा लगातार दुई खेला ह्याट्रिक पुरा गर्ने उनी पहिलो खेलाडी बनिन् ।
यसरी हेर्दा समूह ‘एफ’ मा नेदरल्यान्ड्सले १३ गोल गर्दा ६ गोल खाएको छ । ब्राजिलले ८ गोल गर्दा ३ गोल खाएको छ । चीनले ४ गोल गर्दा ९ गोल खाएको छ । जाम्वियाले ७ गोल गर्दा १४ गोल खाएको छ ।
अन्य समूहका खेलमा केही कम गोल निस्किएका छन् । इंग्ल्यान्ड, चिली, जापान र क्यानडा रहेको समूह ‘ई’ को चार खेलमा ८ गोल निस्किएको छ । स्वीडेन, अष्ट्रेलिया, न्युजिल्यान्ड र अमेरिका रहेको समूह ‘जी’ को चार खेलमा १९ गोल निस्किएको छ ।
महिलातर्फको ओलम्पिक फुटबलमा डच भिभिएना मिडेमा ६ गोलसहित शीर्षस्थानमा रहेकी छिन् । ६ गोल नै गरेकी जाम्वियाकी बारब्रा वान्डा दोस्रो स्थानमा छिन् । चीनकी सुआङ वाङ ४ गोलसहित तेस्रो स्थानमा रहँदा इंग्ल्यान्डकी एलेन ह्वाइट र ब्राजिली मार्टासहित अन्य दुई खेलाडीले समान ३ गोल गरेकी छिन् ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]