4 years ago
July 24, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलमा ब्राजिल र नेदरल्यान्ड्सले रोमाञ्चक बराबरी खेलेका छन् । खेलमा दुई पटक पछि परेको ब्राजिजले पुनरागमन गर्दै अघि बढेपनि अन्तिम समयमा डच टोलीले गोल गरेपछि खेल ३–३ गोलको रोमाञ्चक बराबरीमा सकिएको हो ।
ब्राजिलका लागि डेविन्हा, कप्तान मार्टा र लुडमिला डा सिल्भाले गोल गरिन् । डच टोलीका लागि भिभिएनी मिडेमाले दुई तथा डोमिनिक ब्लडवर्थले एक गोल गरिन् । मियागी स्टेडियममा शनिबार भएको खेलको तेस्रो मिनेटमा नै भिभिएनीको गोलबाट ब्राजिल पछि परेको थियो । तर १६औं मिनेटमा ब्राजिलका लागि डेविन्हाले बराबरी गोल फर्काइन ।
५९औं मिनटेमा भिभिएनीले व्यक्तिगत दोस्रो गोल गरेपछि डच टोलीले खेलमा पुनः २–१ को अग्रता लिन सफल भएको थियो । तर, डच टोलीको त्यो अग्रता लामो समय टिकेन । ६४औं मिनेटमा कप्तान मार्टाले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् । ६८औं मिनेटमा लुडमिला डा सिल्भाले गोल गर्दै ब्राजिलाई खेलमा पहिलो पटक ३–२ को अग्रता दिलाए । ७९औं मिनेटमा डोमिनिक ब्लडवर्थले गोल गर्दै डच टोलीलाई हारबाट जोगाइन् ।
बराबरीपछि समूह ‘एफ’ मा नेदरल्यान्ड्स २ खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा यथावत रहेको छ । समान खेलबाटै समान ४ अंक नै रहेपनि ब्राजिल गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । समान १ अंक जोडेको चीन तेस्रो तथा जाम्विया पुछारमा छ ।
शनिबार नै चीन र जाम्वियाले ४–४ गोलको बराबरी खेलेका थिए । चीनका लागि सबै चार गोल सुआङ वाङले गर्दा जाम्वियाकी बारब्रा वान्डाले ह्याट्रिक तथा रचेल कुन्दानान्जीले एक गोल थपेकी थिइन् ।
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]