default_image

4 years ago

July 24, 2021

स्वीडेनले अष्ट्रेलियालाई हरायो

74 views

0 Bookmark

एजेन्सी – टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा स्वीडेनले लगातार दोस्रो जित दर्ता गर्दा अष्ट्रेलियामाथि सहज जित हात पारेको छ ।

पहिलो खेलमा नै बलियो अमेरिकालाई ३–० ले सहजै पराजित गरेको स्वीडेनले समूहको दोस्रो खेलमा अष्ट्रेलियामाथि ४–२ को सहज जित हात पारेको हो । लगातार दोस्रो जितसँगै स्वीडेन नकआउट चरण नजिक पुगेको छ ।

साइतामा स्टेडियममा शनिबार भएको खेलमा स्वीडेनको जितमा फ्रिडोलिना रोल्फोले दुई तथा लिना हर्टिग र स्टिना ब्ल्याक्सटेनसले समान एक गोल गरे । अष्ट्रेलियाकी सामान्था खेरले दुई गोल गरेपनि टोलीको हार टार्न सकेनन् । अष्ट्रेलियाको यो पहिलो हार हो । पहिलो खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई २–१ ले हराएको थियो ।

खेलको २०औं मिनेटमा फ्रिडोलिना रोल्फोले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाइ्न । ३६औं मिनेटमा सामान्था खेरले बराबरी गोल फर्काइन् । ४८औं मिनेटमा खेरले व्यक्तिगत दोस्रो गोल गरेपछि अष्ट्रेलियाले खेलमा अग्रता लिएको थियो । ५२औं मिनेटमा लिना हुर्टिगले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याइन् ।

६३औं मिनेटमा रोल्फोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि स्वीडेनले खेलमा पुनः ३–२ को अग्रता लिन सफल भयो । ८१औं मिनेटमा स्टिनाले गोल गर्दै स्वीडेनलाई समूह चरणमा लगातार दोस्रो जित दिलाइन् ।

जितपछि समूह ‘जी’ मा स्वीडेनको २ खेलबाट ६ अंक पुगेको छ । अष्ट्रेलियाको २ खेलबाट ३ अंक छ । समान एक खेल खेलेका न्युजिल्यान्ड र अमेरिका अंकविहीन छ ।

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

Success

Thank you for your time.