4 years ago
July 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अफ्रिकी देश क्यामरुनको तीन खेलाडीलाई विदेशी कोटामा अनुबन्धन गर्दै ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लबले ए डिभिजन लिग खेल्न टोली तयार रहेको जनाएको छ ।
नेपाल सुपर लिगमा चितवन एफसीका लागि खेलेका मिडफिल्डर रुडी बाकोपसँगै बर्टरान्ड एबोडे र फाब्रिस मर्लिन अथासीलाई टोलीमा समेट्दै बिबिसीले लिगका लागि २२ खेलाडी अनुबन्ध गरिसकेको जानकारी दियो । यसअघि बिबिसीसहित ललितपुरका ४ क्लबले एन्फालाई लिग तोकिएको समयबाट पछि सार्न आग्रह गरेका थिए । तर बिबिसीले उचित स्वास्थ्य मापदण्ड अपनाउँदै लिग आयोजना गर्न उक्त आग्रह गरिएको जनाएको छ ।
क्लबका अनुसार यसअघि तोकिएको असोज पहिलो साता लिग आयोजना गर्ने हो भने आवश्यक सम्पूर्ण स्वास्थ्य मापदण्डबारे एन्फाले सटिक जवाफ दिनुपर्ने बताएको छ । क्लबसँग एन्फाको बैठकमा सटिक जवाफ नआउने हुँदा क्लबको तयारीमा नै असर परेको पनि क्लबको भनाइ छ । एन्फाले खेलाडी, अफिसियल र टोलीसँग आबद्ध सबैलाई खोपको व्यवस्था गर्ने भनेपनि त्यसबारे कुनै कदम चालिएको छैन ।
युरोपमा लिग संचालन भइरहेको नजिर भएपनि त्यहाँको तुलनामा हाम्रो स्वास्थ्य सुविधाको अवस्था कस्तो छ भन्नेमा पनि ख्याल राख्न बिबिसीले एन्फालाई आग्रह गरेको छ । यसबाहेक लिगको खेल तालिकामा पनि क्लबले आपत्ति जनाएको छ । राष्ट्रिय लिग र ए डिभिजन लिग एकसाथ गर्ने प्रस्ताव केहि क्लबलाई मात्र फाइदा जनक हुने बताउँदै क्लबले यसबारे सोच्न एन्फालाई आग्रह गरेको छ ।
क्लबले लिगको बिचमा नै मोफसलको प्रतियोगिता आयोजना गर्नेबारे पनि असन्तुष्टि व्यक्त गरेको छ । लिग चल्दा नै मोफसलको प्रतियोगितामा सहभागी हुँदा चोटको सम्भावना बढ्ने हुनाले यसबारे सहि निर्णय लिन भनेको छ । क्लब र एन्फाबीच साउन १० गतेका लागि तोकिएको बैठकमा कुनै दुविधा बिना निर्णय लिएमात्र लिग सहज रुपमा खेल्न सकिने क्लबले जनाएको छ । यसका लागि क्लबले अन्य टोलीहरुको पनि आफ्नोबारे सोच्नु आवश्यक रहेको बताएको छ ।
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]