4 years ago
July 22, 2021
एजेन्सी – रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यु–२३ टोलीले १० खेलाडीमा समेटिएको जर्मनीको यु–२३ टोलीमाथि ४–२ को जित हात पारेको हो ।
एक गोल पाउलिन्होले थप्दा जर्मनीका नादिम एमिरी र राग्नर एचेले गोल गरेपनि टोलीको हार टार्न सकेन । निशान स्टेडियम योकोहामामा बिहीबार भएको खेलमा रिचार्लीसनले खेलको ३० मिनेटभित्र नै ह्याट्रिक पुरा गरेका थिए । सातौ मिनेटमा पहिलो गोल गरेको रिचार्लीसनले २२औं मिनेटमा दोस्रो तथा ३०औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा म्याथेअस कुन्हाले पेनाल्टी चुकाउँदा ब्राजिलले थप अग्रता लिन सकेन । पहिलो हाफमै ३–० ले पछि परेको जर्मनीले दोस्रो हाफमा सम्हालिएको खेल पस्कदै दुई गोल गरेपनि हार टार्न सकेन । ५७औं मिनेटमा नादिम एमिरीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।
६३औं मिनेटमा म्याक्सिमिलियन अर्नाेल्ड दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि जर्मनी समस्यामा परेको थियो । तर, पनि जर्मनीले ब्राजिललाई दवाव बढाइरहेको थियो । ८३औं मिनेटमा राग्नर एचेले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । तर, इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई ४–२ को सहज जित दिलाए ।
जितपछि ब्राजिल समूह ‘डी’ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित जर्मनी तेस्रो स्थानमा छ । ३ अंक नै रहेको आइभोरीकोस्ट गोल अन्तरमा दोस्रो तथा साउदी अरेबिया पुछारमा छ । बिहीबार नै आइभोरी कोस्टले साउदीलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
यो पनि : अष्ट्रेलियासँग अर्जेन्टिनाको हार
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]